Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भ्रम (लघुकथा) -भाष्कर रावल 'प्रेमी'

भ्रम (लघुकथा) -भाष्कर रावल 'प्रेमी'

सतीश चापागाईं

११, आषाढ २०७६
images
  परिक्षा दिएर बसेको कमललाई दिन कटाउन पनि गाह्रो भइरहेको हुन्छ । एकदिन उसलाई नयाँ नम्बरबाट फोन उसलाई - "हेल्लो !! " "यो त मेरो दिदीको नम्बर हो त !"- उताबाट मसिनो स्वर सुनियो । "कहाँ हुनु यो त मेरै नम्बर हो !" - कमलले हाँस्दै फोन काट्दिन्छ । साथीलाई फोन गर्न खोज्दा झुक्किएर त्यहीँ नम्बरमा फोन गएकाले हतार गर्दै काट्दिन्छ । फेरि उताबाट फोन आउँछ तर ऊ उठाउन डराउँछ । धेरै कुरा सोच्दा-सोच्दै कल्पनामा हराउँछ - "बोली सुन्दै नै यति माया लाग्दो छ । भेटेपछि झन् के होला ?" " जे होला होला !! एकपटक विचारै हुन्छ फोन गर्नै पर्यो ।" यताबाट फोन हान्ने बित्तिकै उता उठीहाल्छ । " झुक्किएर फोन गएछ माफ गर्दिनु होला !!" ऊ आफू जोगिन बनावटी कुरा गर्न थाल्छ । " तपाईंले को दिदीलाई खोज्नु भएको अघि राम्रोसँग बुझ्न पाइन ? " " मेरो निर्मला दिदीलाई फोन हानेको पहिला मलाई यहीँ नम्बरबाट फोन गर्नु भएको थियोे । मैले म्यासेज पनि गरेको थिएँ !! तपाईंको शुभ नाम नि ?" - कमलले आफ्नो नाम दिनेश बताउँछ ठेगाना पनि गलत बताई दिन्छ । उताबाट पनि फोन मिस्कल आउन थाल्छ । कमलले दिनदिनै फोनमा पैसा खर्च गर्दै मनमनै सपनाहरू सजाउन थाल्छ । जिस्किँदै कुराकानी गर्दा केटीको परिचय सोध्न पनि भ्याउँदैन । एक दिन साँझपख खाना खाएर आफ्नो कोठामा आउँछ । फोनमा पैसा हेर्छ । पैसा कम देखाउँछ । अलमलमा पर्छ । अन्तिममा आमाको फोन लिन जान्छ । आमाको नम्बरबाट उसलाई फोन गरेर धेरै कुरा सोध्न बुझ्न थाल्छ । केटीले सबै कुरा सत्य बताउँछे ! सबै कुरा सुनेपछि कमल छाँगोबाट खसे जस्तै हुन्छ । दिदीले फुपूको छोरीसँग कुरा गरेको याद गर्छ । " के भो हजुरलाई बोल्नु हुँदैन त किन ??" एक आखर पनि बोल्न सक्दैन निन्याउरे मुख बनाएर लाज मान्दै फोन काटिदिन्छ ! - पाणिनि गा.पा -२ पोखराथोक अर्घाखाँची । -भाष्कर रावल 'प्रेमी'को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ११, २०७६ बुधवार - १९:४६:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend