Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

ढाल्नु पर्छ अवरोध बनेका यी पर्खालहरू - मीना चौलागाईं

ढाल्नु पर्छ अवरोध बनेका यी पर्खालहरू - मीना चौलागाईं

सतीश चापागाईं

१६, आषाढ २०७६
images
  मुक्तक -१ सुसाउँदै आउन थाले तिर्सनाका छालहरू कस्ले बुझ्ने मनभित्रका अव्यक्त सवालहरू भावनालाई पलपल मारेर जिउनु पर्छ भने, ढाल्नु पर्छ अवरोध बनेका यी पर्खालहरू ! मुक्तक -२ मनभित्रको चौतारीमा एउटा वर रोपेको छु यो मुटुको भित्ताभरि तिम्रै नाम खोपेको छु डाह गर्लान् दुनियाँले भन्ने डर छ एकातिर, त्यसैले विश्वासको पर्दा लगाई छोपेको छु ! मुक्तक -३ खुल्ला आकाश झैँ आज दिल भएको छ चम्किए झैँ ताराहरू झिलमिल भएको छ उसकै नाममा धड्किएको छ यो मुटु पनि, मनको दह मायाले टिलपिल भएको छ ! मुक्तक -४ आकाशबाट बादल पनि दूर भएको छ यही दु:खमा क्षितिज कति क्रूर भएको छ मान्छे त जातै यस्तो अरुको खुशी नसहने, तर अचेल प्रकृति झनै निष्ठुर भएको छ ! मुक्तक -५ कठोर पहरा हुन् यी रसाउन्नन् आँखा गहना हुन् आँसु मेरा खसाउन्नन् आँखा मनको प्यारो एउटा मान्छे मुटुभित्रै बस्छ, पराइलाई भित्र बास बसाउन्नन् आँखा ! पाँचखाल न.पा. -६ काभ्रे । (✍️ मीना चौलागाईका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो |नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)  

images
प्रकाशित मिति :आषाढ १६, २०७६ सोमवार - ०९:२५:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend