Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

(सपनीमा रमाउँदा खाटबाट खसेपछि ! -भाष्कर रावल 'प्रेमी' (५ मुक्तकहरू)

(सपनीमा रमाउँदा खाटबाट खसेपछि ! -भाष्कर रावल 'प्रेमी' (५ मुक्तकहरू)

सतीश चापागाईं

१६, आषाढ २०७६
images
  मुक्तक -१ ख्याल ख्यालैमा हेर्नुस् हाम्रो माया बसेपछि निदाउनै गाह्रो भो माया जालमा फसेपछि यादले सताउँछ भन्ने कुरा त्यति बेला थाहा भो जब सपनीमा रमाउँदा खाटबाट खसेपछि ! मुक्तक -२ मैले पनि मेरो दिलमा कसैलाई सजाउन पुगेँछु उनलाई चोट पीडा दिएर म भने रमाउन पुगेँछु एकोहोरो माया त माया नै नहुने रहेछ आखिर भविष्य सम्झिएर सुन्दर महल बनाउन पुगेँछु । मुक्तक -३ भुल्न खोजेँ सक्दिनँ मेरो सम्झनामा रयौ तिमी आफ्नै सम्झिएर किन आज टाढा भयौ तिमी बाध्यता नै थियोे कि रहर मैले बुझ्न सकिनँ आखिर मलाई एक्लो बनाएर छोडी गयौ तिमी मुक्तक -४ साथी बन्छु भन्दा प्रेमी बनिदेऊ भनी कर गर्यौ बिहे गरि मलाई एक्लो पारी अर्काको घर गर्यौ बेहुली बनाएर मेरो घरमा भित्र्याउन मन थियोे तर तिमीले नै मेरो बिहेमा जन्ती जाने रहर गर्यौ । मुक्तक -५ आफूले मात्रै चाहेको चलन चल्ती हुने भए टोपी अनि धोती दुवैमा हेर खल्ती हुने भए अब तिम्रो सामु आउँदैन माया पनि लाउँदैन तिमीलाई मन पराउँदैमा पनि गल्ती हुने भए पाणिनी गा।पा -२ अर्घाखाँची (- भाष्कर रावल 'प्रेमी'का यी मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १६, २०७६ सोमवार - ०९:३०:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend