Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

महासागर आस्थाको (कविता) -गंगा लिगल

महासागर आस्थाको (कविता) -गंगा लिगल

सतीश चापागाईं

१६, आषाढ २०७६
images
  आस्था विशाल महासागरको रुप हो जसमा अनन्तता छ मानव हृदय अनन्त आस्थासँग जरो गाडेको छ सुन्दर मन्दिर बनाएर देवप्रतिको आस्थालाई जगेर्ना गरेकोछ मानवबिचको भावनाले आस्थालाई प्रबल बनाएकोछ यसैले एक अर्कामा पवित्र प्रेम र सहयोगको भावना अटुट रहेको छ अपनत्वको अगाध आस्थारूपी प्रेमले विश्वभरी नै भ्रातृत्व र मातृत्वको माला गाँसिन पुगेकोछ हुन त यो संसारले भौतिकताको रोमाञ्चकारी खास्टो ओढेको छ तर यो भित्र आस्थाकै कारण आध्यात्मिकताको ओज पनि छ जसले गर्दा मानवमा पवित्र आस्था रुपी सागर प्रवाहित भएको छ आस्थाकै कारण पवित्र नदीहरू सागरमा समाहित हुन्छन् सागरभित्र जल प्राणीहरू अनन्त आनन्दका साथ बिचरण गर्दछन् हरियालीको अगाध आस्थाले पशु-पंक्षी जङ्गलमा आफ्नो निवास चुनेर बस्छन् पृथ्वीकै असीम आस्थाले मानव पृथ्वीलाई स्वर्गको उदाहरण दिन मजबुर भएका छन् नीलगगनमा तारा चन्द्र-सूर्य उदाएर मान्छेको आस्थाको सागरलाई चिरस्थायी बनाउन सफल भएका छन् देश-प्रेमको अगाध आस्थाकै कारण आफू बली चढी देशलाई बचाएकाछन् त्यति मात्र नभएर गुरुज्ञानलाई एक अर्कामा सल्काई सफल मानव बन्न सक्षम भएका छन् यसरी आस्थाको अनन्त सागर मात्र नभएर महासागरमा डुबुल्की मार्दा जीवन नै अनन्त सुखमय महासागर बन्दछ । धन्यवाद । सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल । (गंगा लिगलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १६, २०७६ सोमवार - ११:१९:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend