Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मौका मिलाई मिलाई छुरा धस्ने आफ्नै मान्छे हुन्छन् - नेत्र बिक्रम तोलाङ्गी (५ मुक्तकहरू)

मौका मिलाई मिलाई छुरा धस्ने आफ्नै मान्छे हुन्छन् - नेत्र बिक्रम तोलाङ्गी (५ मुक्तकहरू)

सतीश चापागाईं

१६, आषाढ २०७६
images
मुक्तक - १ राखेछौ कसैलाई नै मन भित्र खुसी लाग्यो प्रिया बसेछौ कसैको धड्कन भित्र खुसी लाग्यो प्रिया हिजोसम्म तिमी मेरो लागि ज्यान दिन्छु भन्थ्यौ मार्यौ मलाई राख्यौ कफन भित्र खुसी लाग्यो प्रिया मुक्तक - २ आफ्नै मित्र हुन वार र पार यस्तो लाग्छ कोही कोही नहुन गद्दार यस्तो लाग्छ अलिकती गल्ती भैहाले पनि भुलचुकमा नरिसाऊन बरु गरून् प्यार यस्तो लाग्छ । मुक्तक - ३ सब्दैपिच्छे बोलीमा चिप्लो घस्ने आफ्नै मान्छे हुन्छन् सियो बनेर मुटु माझमा पस्ने आफ्नै मान्छे हुन्छन् एक पटक आँखा चिम्लिएर बिश्वास गरेर हेर्नुस त मौका मिलाई मिलाई छुरा धस्ने आफ्नै मान्छे हुन्छन् । मुक्तक - ४ मेरो तस्बिर अनि चिट्टीहरू बालीदिनू तिमीले तिम्रो मन मस्तिष्कबाट खसालीदिनू तिमीले यदि मभन्दा समझदार, खुसी दिने पायौ भने पर्दैन मेरो प्रेम रोप्नलाई उखालीदिनू तिमीले । मुक्तक - ५ जति हेरे पनि हेरिरहुँ लाग्ने तिमी मात्रै हौ दिलमा तस्बिर केरिरहुँ लाग्ने तिमी मात्रै हौ सबै फिक्का फिक्का लाग्छ तिमी बिना सबै अंगालोभित्र सधैं बेरिरहुँ लाग्ने तिमी मात्र हो । रामपुर, ओखलढुंगा । (✍️ नेत्र बिक्रम तोलाङ्गीका यो मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १६, २०७६ सोमवार - ११:२८:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend