Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

आउँछु फर्केर अब, चालीस कटाउँदिन प्रिया - कृष्ण प्रसाद पाण्डे

आउँछु फर्केर अब, चालीस कटाउँदिन प्रिया - कृष्ण प्रसाद पाण्डे

सतीश चापागाईं

१७, आषाढ २०७६
images
  मुक्तक -१ दुई-चार साल परदेश फिर्छु भनेर परेका दु:ख कष्ट सबै भिर्छु भनेर घोटिंदैछ हेर परदेशी तातो घाममा बाउलाई लागेको ऋण तिर्छु भनेर । मुक्तक -२ चोट माथी चोट थप्ने, बानी ईश्वरको यो धर्ती, गगन अनि पानी ईश्वरको हुनेलाई नै थप्छन् नहुनेलाई दिन्नन् बाँडफाँडमा छ, मनोमानी ईश्वरको । मुक्तक -३ भन्दा भने जस्तै हुन्छ, गन्दा गनिन्छ लगाए लाज छोपिन्छ, खाए सकिन्छ कति गर्छौ यार भन त, यो लुछाचुँडी आखिर मरेर जाँदा, के के लगिन्छ ? मुक्तक -४ तिमी बाहेक दिलमा अर्को , अटाउँदिन प्रिया खोजी अरू कोही अँगालोमा, सटाउँदिन प्रिया खुसी मनले एउटा रोटी खाउँला आधी-आधी, आउँछु फर्केर अब, चालीस कटाउँदिन प्रिया । मुक्तक -५ जातीयताको आगो जोर्न, पाउनुपर्छ नत्र गणतन्त्र के काम ? दाजुभाईको नाता फोर्न, पाउनु पर्छ नत्र गणतन्त्र के काम ? फलानो संघ, ढिस्कानो महासंघ खोलेको त्यसै हो नठानौँ , आ-आफ्ना ठाउँबाट, चोर्न पाउनु पर्छ नत्र गणतन्त्र के काम ? तिलोत्तमा न. पा.- ९,मणिग्राम, रुपन्देही । हाल : यु.ए.ई. (- कृष्ण प्रसाद पाण्डे का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १७, २०७६ मंगलवार - ०७:४३:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend