Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

न्याय हराएकाे देश -भाग १, (कविता) -शङ्कर ढकाल

न्याय हराएकाे देश -भाग १, (कविता) -शङ्कर ढकाल

सतीश चापागाईं

१७, आषाढ २०७६
images
छन्द : शार्दूलबिक्रिडित   माटाेकाे भर पर्न अाज नसकी गर्जेछ ढुङ्गा अति धर्तीकै प्रिय अस्मिता लुटिदिदा बिग्रन्छ हाम्रै गति । चम्पा लालगुराँस काम्छ थुरुरू अस्तित्व मर्दा पुन: खाेज्छन् हाल्न सुगन्ध दुष्ट जनले खर्चेर लाखाै सुन ।।१।। खान्छन् मांस दु:खी भएर कहिले बुझ्छन् अरूकाे पिर काट्छन् एक विशेष पर्व छ भने बिर्सेर अाफ्नै शिर । पुत्री-पुत्र सखी र वृद्ध जननी बेचेर लिन्छन् नशा भन्नू देश विशिष्ट ज्याेतिषिहरू लाग्दैछ कस्ताे दशा ।।२।। खाेलामा जल छैन रक्त छ अझै हड्डी र छालाहरू देअाेस् श्राप हिँडाल्न शान्ति पथमा श्री गण्डकीले बरू । धेरै ज्ञान दिएर हाे सुतसुता छन् मात्तिदै नाङ्गिदै धागाे फूल गरेछ धेर झगडा पाला दियाे झर्किदै ।।३।। श्रीनारायण पढ्छ बुझ्छ कसले विश्वास गर्नेछ काे अर्काकाे हित गर्न सूर्यसुत झैँ हाँसेर मर्नेछ काे । हाम्राे मानवता कतातिर गयाे फर्किन्छ कैले अब साँच्चै बुद्धिविवेक भासिन गयाे काम्दैछ धर्ती सब ।।४।। हाँसाे छैन कहीँ कुनै अधरमा खुल्दैन अाँखा पनि हाम्रै अाज कठाेर काम नगरी बन्नेछ ईच्छा धनी । खाेला ताल हिमाल शैल झरना तेराे र मेराे भने गर्छन् व्याेम छुनेछु भर्खर भनी लाैरीहरू उफ्रने ।।५।। बेच्दैछन् कविले सुरम्य कविता लाेभादिले दैनिक चारै वेद पुराण शास्त्र त तिमी काे भन्छ ऐले सिक । अामाकै तन टुक्रियाे सय वटा सन्तान बाँडी लिए बाबाबै पसिना तथा रगतकाे पीयूष अाफै पिए ।।६।। माछा बस्न रुचाउँदैन जलमा मात्तिन्छ गर्जिन्छ रे धर्तीमा नव ज्याेति छर्न किन हाे श्रीसूर्य तर्पिन्छ रे । बारी खेत र फाँट भन्छ नयनी धेरै पहेँलाे छ रे घाँटीमा पनि फल्छ अन्न अहिले अारम्भ नाैलाे गरे ।।७।। पैसा के सुन के सिकाउँछ भने के काम विद्यालय हाम्राे देश कता पुग्याे भन प्रिया लाग्दैछ चिन्ता भय । माताकाे पनि मान हर्छ अहिले सन्तानले के गरी मात्रै अाठ पुगेर बर्ष पथमा जिस्क्याउँदै छन् परी ।।८।। पैसाले कति बिर्सिए मनुजता अस्तित्व संस्कार नै गर्दैछन् नचिनेर जीवन स्वयम् अाफ्नै बलत्कार नै । सेल्फी खिच्न छ व्यस्त लाश अघि नै सञ्जाल भर्ने गरी कस्ताे हुन्छ भनेर मार्छ अरबाैँ अाकाशचारी चरी ।।९।। कस्ताे भाे दुनियाँ समाज कुलकाे हाे धर्म के कर्म के अाफ्नै पाउ र माथ चिन्न नसकी काटेर खाई सके । नेताजी सब दुष्ट छन् मुलुककाे सम्पत्ति बेच्छन् कति ठाेकी भाषण मात्र गाउँघरमा सुध्रन्छ भन्छन् मति ।।१०।। कैले नूतन रेल ल्याउँछु अरे कैले त उड्ने बस कैले हुन्छ अरे पिराे र गुलियाे याे कागतीकाे रस । जादूले पनि बन्छ रे मुलुककाे धेरै जसाे उन्नति अाफैले तन च्यातिदी पनि अझै पुज्छाैँ अरे पार्वती ।।११।। झिक्छाैँ रे अब अाँशुदेखि बिजुली बेच्छाैँ विदेशै जल पेटैमा पनि राख्न मेसिन किन्याैँ रे अर्ब खर्ची मल । मेराे मात्र सजाइ शब्द मनमा बेचे सिमानाहरू यस्ताे लाग्छ हुनेछ देश नभए साैन्दर्य नेता बरु ।।१२।। माताकाे पनि दुष्टभाव छ यहाँ बेचिन्छ माया पनि बन्ने स्वप्न छ रे दुईदिन उता संसार धान्ने धनी । छाेरी सन्निधि बस्दछिन् यदि भने लुच्छन् पिताले खुन मुर्दाकाे पनि लाेभले लुकिछिपी चाेरेर लिन्छन् सुन ।।१३।। छाेराकाे कर पाद बन्दुक बिना चल्दैन ऐले किन हिन्दू धर्म समेत नै पुगिसक्याे संस्कार नै मासिन । माथा झुक्छ भुलेर सत्य धनकाे देखेर राताे मुख खाेज्छन् जाे पनि धर्म कर्म नभनी पैसा थुपारी सुख ।।१४।। देवीकाे अपमान गर्न मठमा दिन्छन् सबैले बली बेच्छन् मूर्ति समेत लाख धनमा सच्चा पुजारी छली । के भाे के म त छक्क पर्छु अहिले देख्दा यिनै अाँगन अत्याचार सहेर सक्दिनँ सधैँ ! सम्हाल्न साँच्चै मन ।।१५।। मेराे देश भनी खुसी हुँ कसरी अन्याय यस्ताे सही यस्ताे दुर्दिन भाेलि देख्न नपराेस् अाँखाहरूले कहीँ । ए नेता अब रेल ल्याउँछु भनी हिँड्दै नहिँड्नू पथ पाङ्ग्रा एक झिकेर भाषण गरी चल्दैन बुझ्नू रथ ।।१६।। नेपालीपन बिर्सियाै अब पुन: कर्तव्य सम्झे पनि माला उन्न सके मिलाइ जनता बन्नेछ धेरै धनी । बिन्ती गर्छु नहाँस भाषण गरी भान्सा थुपारीकन त्यागी बन्न सिकी सिँगार मनले नेपालकाे जीवन ।।१७।। पट्टी खाेल हतारिँदै नयनकाे ए देशकाे कानुन ठूलाे हुन्न कदापि देश जनता अस्तित्व भन्दा सुन । पैसा हैन सिकाउनू न गुरुजी संस्कार विद्यालय ए वैज्ञानिक बुझ्नुपर्छ अब ता के हाे र अात्मा भय ।।१८।। चालाैँ हात र पाद फाँट हरिया हामी बनाअाैँ अब मानी साैम्य सफा बसून् मिलिजुली अाएर देवी सब । जादूले अब हैन कर्मठ बनी सीमा बनाअाैँ धनी हाम्राे देश हुने बनाेस् हरघडी पीयूषकी उब्जनी ।।१९।। पैसाले प्रिय अस्मिता अब किनी ल्याउन्न बिन्ती गरी दानी भै बुझ धर्म कर्म नगरे फर्किन्न काया मरी । जे भाे भाे अबदेखि ध्यान दिनु है चम्किन्छ जैल्यै पनि अाँखा खाेल तुरुन्त सज्जनहरू नेपाल मेराे भनी ।।२०।। – तानसेन न. पा -७ काजीपाैवा, पाल्पा । ✍️ शङ्कर ढकालको छन्द कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १७, २०७६ मंगलवार - १०:३८:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend