Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मसँग बाँचेको एउटा साथ छ अल्झिरहनलाई - आनन्द छेत्री ( ६ मुक्तक)

मसँग बाँचेको एउटा साथ छ अल्झिरहनलाई - आनन्द छेत्री ( ६ मुक्तक)

सतीश चापागाईं

१८, आषाढ २०७६
images
  मुक्तक -१ कसम मैले छोडेको होइन तिमीलाई बाटो अन्तै मोड़ेको होइन तिमीलाई परिस्थितिवश टाढा भएँ म ढाँट्दिनँ अन्तै पिरती जोडेको होइन तिमीलाई । मुक्तक -२ मेरो भाग्य कसैले बनाइदिन्छ लाग्दैन मेरो भाग्य इरेजरले मेटाइदिन्छ लाग्दैन पौरखी हात छ बरू लेखी दिन्छु मेरो भाग्य कसैले बताइदिन्छ लाग्दैन । मुक्तक -३ दुख्छ सजिलो छैन सहन जिन्दगीमा टुट्छ सजिलो छैन जोड़न जिन्दगीमा जिन्दगी भन्नु मात्र हो कठिनाइ छ प्रिय! जुट्छ सजिलो छैन धान्न जिन्दगीमा। मुक्तक -४ बचन बरू सही दिउँला भो नजलाऊ मलाई तड़पन बरू सही दिउँला भो नगलाऊ मलाई मनमा के छ पिड़ा बरू जतन गरी बाँचीदिन्छु धड्कन बरू थामी दिउँला भो नसताऊ मलाई । मुक्तक -५ मसँग बाँचेको एउटा याद छ सम्झिरहनलाई सहन नसक्दो गहिरो घात छ बल्झिरहनलाई साथ छुट्यो त आँसु लुकाई हाँसेको कारण छ मसँग बाँचेको एउटा साथ छ अल्झिरहनलाई। मुक्तक -६ कतै सप्रिन्छ कि भन्ने आश छ मनमा कतै नासिन्छ कि भन्ने त्रास छ मनमा बाचेँको एउटा धरातल छ, खोई कुन्नि ? कतै भासिँन्छ कि भन्ने अभास छ मनमा।   चिसोपानी, सिंगताम सिक्किम । - आनन्द छेत्रीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १८, २०७६ बुधवार - २०:४२:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend