Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

क्रोध हो शत्रु ठूलो (कविता) - खगेन्द्र समरस

क्रोध हो शत्रु ठूलो (कविता) - खगेन्द्र समरस

सतीश चापागाईं

१८, आषाढ २०७६
images
  छन्द : मन्दाक्रान्ता अन्धो हो यो अवनतितिरै तान्छ अावेग जैलै । भेडा जस्तै अबुझ जङ हो भीरमा कुद्छ अाफै ।। कालो कालो दिनतिर लगी ढाल्दछ क्रोधले नै । थोरै सोचे पनि हृदयले बिघ्न रोकिन्छ धेरै ।।१।। क्रोधी बन्छन् मनुज बदला भाव जन्मेर खास । मौरी जस्तै रिपुसित लडे हुन्छ अाफ्नै विनाश ।। तातो तातै नगर हमला धैर्य हो बुद्धिमानी । टोक्यो भन्दै कुकुरतिर के टोक्न जाला र ज्ञानी ?।।२।। हाँसो मात्रै सघन तरिका जित्न त्यो क्रोधलाई । गोली हान्ला र रिपु कसरी उभ्भिए मुस्कुराई ।। अात्मालाई सहन नपरोस् चेतनाको खडेरी । क्रोधी ज्वाला दनदन बले सुक्छ यो जिन्दगानी।।३।। जुध्ने हो वा मलम भर्ने चोट लाए खुँडाले ? मुड्की होला विजय कसरी धारमा हान्न थाले । आफ्नै हुन्छ क्षति यति बुझी गर्दछौ के लडाई । उर्लेको त्यो भनन खहरे टिक्छ के गड्गडाई ।।४।। ईर्ष्या त्यागी बस मनुज हो छैन नाफा रिसाई । कोर्दा अर्को वदन कसरी जल्छ आफैँ सलाई ।। छोराछोरी मगज भरियून् दिव्य वाणी बुवाको । मान्छेको यो अवनिभरमा क्रोध हो शत्रु ठूलो ।।५।। - सुन्दरहरैँचा - २ मोरङ हाल : दुबई, यु.ए.ई. । - खगेन्द्र समरसको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १८, २०७६ बुधवार - २०:४५:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend