Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपालका कारण मलेसियाको श्रमिक नीति बदलिँदै

नेपालका कारण मलेसियाको श्रमिक नीति बदलिँदै

सतीश चापागाईं

४, भाद्र २०७५
images
  काठमाडौँ– नेपालले प्रक्रियामा असहमति राख्दै मलेसिया कामदार पठाउन छाडेपछि मलेसियाले नयाँ नीति ल्याउने भएको छ। नेपाली कामदार ठगिएको भन्दै पहिले ठगी रोक्न र त्यसपछि मात्रै कामदार पठाउन अडानमा नेपाल अडिग भएपछि मलेसिया आफ्नो पूरानो नीतिमा पुनरबिचार गर्न तयार भएको हो। यस विषयमा छलफल गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुला सेगरन नेपाल आउने भएका छन् । समझदारीपछि नेपाली कामदार मलेसिया जाँदा समस्या नहुने सेगरनले बताए। मलेसियाका प्रधानमन्त्री महाथीर मोहमदले समेत नेपाल कामदार पठाउन इच्छुक रहेकाले नयाँ व्यवस्था गरेर भएपनि नेपाली कामदार ल्याउन आफूहरु लागि रहेको जानकारी गराएका छन्। उनले पहिलेको नियमका कारण समस्या भएको पाइए त्यस्तो व्यवस्था खारेज गरेर नेपालसँग नयाँ सँम्झौता गर्ने बताएका छन्। अहिले देखिएको समस्यालाई नयाँ सम्झौता गरेर टुङ्ग्याउने मलेसियाले जनाएको छ। यस विषयलाई निर्णय गर्नु पहिले आफू नेपाल जान आवश्यक रहेको उनले बताएका छन् । प्रधानमन्त्री महाथीरले नेपाल बंगलादेश लगायतका श्रमिक लिने देशसँगको अबको नीति एकै खालको हुने बताएका छन्। बंगलादेशबाट कामदार पठाउने कार्यमा संलग्न १० वटा संस्था पनि खारेज गरिएको उनले संसदमा जानकारी गराए। देशसंचारबाट

images
प्रकाशित मिति :भाद्र ४, २०७५ सोमवार - १५:३०:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend