Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नारीको अस्मिता राष्ट्रिय इज्जत बनोस् -सरू बस्नेत (५ मुक्तकहरू)

नारीको अस्मिता राष्ट्रिय इज्जत बनोस् -सरू बस्नेत (५ मुक्तकहरू)

सतीश चापागाईं

१८, आषाढ २०७६
images
  मुक्तक -१ दोषीमाथि कारवाही गर्ने अदालत बनोस् यहाँ खोज पत्रकारिता गर्ने आदत बनोस् किन हुँदैछ दिनदहाडै बलात्कार नारीको नारीको अस्मिता राष्ट्रिय इज्जत बनोस् । मुक्तक -२ नछोड्ने छ वाचा दियौ चोट धोका गर्यौ निष्ठुरीले झनै बन्द ढोका सजायौ हियामा गरेँ आश मैले भए जिन्दगी यादमै खास भोका। मुक्तक -३ जिन्दगी सोचे जति सजिलो पनि छैन अनि सोचेजस्तो झन्झटिलो पनि छैन आजभोलि किन खल्लो महसुस हुन्छ उसको याद पहिले झैँ स्वादिलो पनि छैन। मुक्तक -४ हेर्नुस् यहाँ बलात्कार पनि सस्तो भयो तिनलाई अधिकार नै दिए जस्तो भयो बलात्कारी इज्जतसाथ हिँडेको देख्दा पिडितको जिन्दगी झन् कस्तो भयो। मुक्तक -५ बोलायौ बोलाउन त म कसरी आऊँ राजा तिमीलाई यो दिलमा यसरी नै सजाऊँ राजा भावनामा डुब्न थालियो भने पागल बनिन्छ तिमीबिना म यहाँ एक्लै कसरी रमाऊँ राजा ? -निजगढ न. पा. -७ सहिद चोक  (सरू बस्नेतका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १८, २०७६ बुधवार - २१:२७:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend