Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सिद्धान्तलाई मिल्काएर, निहित स्वार्थमा बिक्छन् - गोम बिक्रम (५ मुक्तकहरू )

सिद्धान्तलाई मिल्काएर, निहित स्वार्थमा बिक्छन् - गोम बिक्रम (५ मुक्तकहरू )

सतीश चापागाईं

१८, आषाढ २०७६
images
मुक्तक -१ कतै सफल नभा'सम्म, बच्चाले नि हेप्दा रैछन आफन्त झन टाढा हुँदै, उल्टै हिलो छेप्दा रैछन दिन फिरेर आइगो भने, हुने खाने भइगो भने तिनैले झन स्वार्थ राखी, उल्टै काखी चेप्दा रैछन । मुक्तक -२ चढाउने त थोरै हुन्छन्, खसाउनेकै संख्या धेरै मन पेट कहीं दिनै हुन्न, फसाउनेकै संख्या धेरै कल्लाई आफ्नो मानूँ अनि, को बिरानो ठानूँ त नि ? रूख चढाइ फेद ढालेर, हँसाउनेकै संख्या धेरै । मुक्तक - ३ शिखर पुगे गिराउन, चुक्ली लगाई ठेल्छौ सधै ईर्ष्याले जली उसैमाथि, आफै तनाव झेल्छौ सधै अघिको बाटो छेकीवरी, हाम्रै काँधमा टेकीवरी सफलै होऊ बधाई मेरो, जिन्दगीसित खेल्छौ सधै । मुक्तक - ४ सानै देख्थेँ तिमीलाई त, अचेल त्यति 'ठूली' भयौ बैशालु आँखा तीर हान्छन्, कति मनको 'खुल्दुली' भयौ भाउ बढेर चर्किँएपछि, ठूल्ठूलातिर सर्किँएपछि सानाले आँट्नै नसकिने, मानूँ हिमालचुली भयौ । मुक्तक -५ आफू ठाउँमा नपुगुन्जेल, आदर्शका कुरा झिक्छन् पदमा पुगे तिकडमबाजी, अनेक जालझेल सिक्छन् राजनीतिको रसै यस्तो, सब्लाई पार्छ वशै कस्तो ? सिद्धान्तलाई मिल्काएर, निहित स्वार्थमा बिक्छन् । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ असार १९

images
प्रकाशित मिति :आषाढ १८, २०७६ बुधवार - २२:०४:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend