Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तकहरु -गम बयम्बु मगर

मुक्तकहरु -गम बयम्बु मगर

सतीश चापागाईं

१९, आषाढ २०७६
images
  चुहेको झुपडीहरुलाई टाल्ने को छ र गरिबको दिलमा दियो बाल्ने को छ र दु:खसंग संघर्ष गरि बाँच्न चाहनेलाई जिउने आधार मिलाई पाल्ने को छ र ००० भोट दिएर जिताएको महङ्गी बढाउन रहेछ कर बढाएर उल्टै जनतालाई सताउन रहेछ नेताले गरेका बाचाहरु,विकासका ढाँचाहरु आश देखाएर जनताको मन जलाउन रहेछ ००० भेटाउनै गाह्रो भयो अचेल ईमान्दारी मान्छे आफ्नो भुमिका निभाउने जिम्मेवारी मान्छे नि:स्वार्थ मानवता भेट्ने,अरुलाई मरिमेट्ने खोजिरहेको छ युगले यहाँ सदाचारी मान्छे ००० प्राकृतिक स्रोत देखेर नेपालको तारिफ हुन्छ नेता धनी हुन्छन् भने देश कसरी गरिब हुन्छ? भ्रष्टाचारी र माफियाले, देश चलाए घटियाले यो त के गति झनै मेरो देश,पक्कै हरिप हुन्छ ००० देशको विरुद्धमा एक शब्द लेख्न चाहन्न म डुबुँला तर देश डुबेको म देख्न चाहन्न देश रहे म रहुँला, देशै नरहे कहाँ जाउँला देश बिगार्ने भुमिका कदापि खेल्न चाहन्न निस्दी-६ अर्चले,पाल्पा

images
प्रकाशित मिति :आषाढ १९, २०७६ बिहिवार - १८:५१:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend