Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बन्द हड्ताल र चक्काजाम कहिलेसम्म हुन्छ ? - सन्दीप संग्रौला 'दिलदुखी' (५ मुक्तक)

बन्द हड्ताल र चक्काजाम कहिलेसम्म हुन्छ ? - सन्दीप संग्रौला 'दिलदुखी' (५ मुक्तक)

सतीश चापागाईं

२१, आषाढ २०७६
images
  मुक्तक -१ कुरुङ ढुङ्गा टिपी हान्छ केटी जिस्क्याउँछ सर्र सर्को गाँजा तान्छ केटी जिस्क्याउँछ बहिनीलाई बाहिर एक्लै जान रोक्ने दाजु हुल लिएर चोकमा जान्छ केटी जिस्क्याउँछ । मुक्तक -२ सुरक्षा देऊ सीमानामा हाम्रो अभिलाषा विकास कुना कन्दरामा हाम्रो अभिलाषा तिमी जनप्रतिनिधि जनमत चिन्नु, हँसाऊ हाम्री नेपाल अामा हाम्रो अभिलाषा । मुक्तक -३ भीर-भीरमा राम्रा फूल किन हुने होला ? राम्रा फूलमै मौरीका हुल किन हुने होला ? सत्र वर्षे तन्नेरी वा सत्तरीका वृद्ध, राम्री देख्दा मनै चुलबुल किन हुने होला ? मुक्तक -४ हे हरी हे शिव राम कहिलेसम्म हुन्छ ? देशलाई पछि धकेल्ने काम कहिलेसम्म हुन्छ ? ए नेता हो तिम्रो स्वार्थ र सत्ताका खातिर यहाँ , बन्द हड्ताल र चक्काजाम कहिलेसम्म हुन्छ ? मुक्तक -५ अाशा छैन यहाँ मलाई नौलो प्रलय हुन्छ हल्लाको संसार तिम्रो पछि छ तिम्रै बिजय हुन्छ यहाँ सत्य कसैले केलाउन नै चाहँदैनन्, पैसा र पावर चेकजाँच हुन्छ बल्ल निर्णय हुन्छ । लालिगुराँस नगरपालिका-६ , तेह्रथुम हाल : मलेसिया । (- सन्दीप संग्रौला 'दिलदुखी'का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २१, २०७६ शनिवार - १४:३७:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend