Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अँध्यारै हुन्छ हावावाला बिजुलीको प्रकाश भन्छे । -दलु रिजाल (५ मुक्तकहरू)

अँध्यारै हुन्छ हावावाला बिजुलीको प्रकाश भन्छे । -दलु रिजाल (५ मुक्तकहरू)

सतीश चापागाईं

२१, आषाढ २०७६
images
मुक्तक -१ सुखको अभिनयले अरुलाई ठीक्क पार्नुपर्छ नक्कली हाँसो हाँसेर सदा उदासिनता टार्नुपर्छ सबैलाई थाहा छ मैले भन्नु पर्ने बाकी छैन केही आहा! जिन्दगी लाटीको धोती जस्तो लतार्नुपर्छ । मुक्तक -२ मन पर्नेलाई भेट्न जाँदा सौगात लानुपर्छ पेलेरै झुटा वाचा कसमहरू टन्न खानुपर्छ अरू बसेको दिल खाली गरेर आफू बस्ने हो खाली दिल पाउन त सुटुक्क स्वर्ग जानुपर्छ । मुक्तक -३ अब मेहनत देशका लागि हरदम गर्नुपर्छ काम धेरै तर भाषण अब कम गर्नुपर्छ देश बनाउने नै हो, भने ए जनताहरू हो हामी युवा मिलेर भ्रष्टाचार खतम गर्नु पर्छ । मुक्तक -४ अवस्था अनुसार गध‍ालाई मित्र मान्नुपर्छ भन्दिन म, माथीको कुरा विचित्र मान्नुपर्छ उफ ! खोई कुरो बुझेको ए मेरा मित्रहरू हो परदेशमा त जुठो पनि पवित्र मान्नुपर्छ । मुक्तक -५ ए बुढा साँच्चै बदलियो नेपालको इतिहास भन्छे तपाईले गर्नु भएन र उज्यालोको आभाष भन्छे रातीमा फोन गरेर बत्ती रहेनछ है भनेको थिएँ अँध्यारै हुन्छ हावावाला बिजुलीको प्रकाश भन्छे । दंगीशरण गा. पा. -२ दाङ । हाल : कतार । (- दलु रिजालका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २१, २०७६ शनिवार - १५:३४:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend