Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

न्याय हराएकाे देश भाग : २ (कविता) छन्द :शार्दूलबिक्रिडित -शङ्कर ढकाल

न्याय हराएकाे देश भाग : २ (कविता) छन्द :शार्दूलबिक्रिडित -शङ्कर ढकाल

सतीश चापागाईं

२१, आषाढ २०७६
images
  नाङ्गै छन् युवतीहरू न कपडा लाएर छाेप्छन् तन देख्दा हुन्छ कि झैँ सयाैँ कुकुरकाे याैनाङ्ग उत्तेजन । गाडीमा शिशु नै भुलेर कसरी जान्छन् अँध्याराे कुना कस्ताे नीच स्वभाव हाे अगतिलाे कुल्चेर हिँड्छन् मुना ।।२१।। पाल्छन् ध्यान दिई न सन्ततिहरू फाल्छन् पलाई विष गर्भैमा पनि फूल मार्नु छ भनी पाैख्छन् कसैले रिस । जाअाैँ खेत भने त धान तनमा राेपेर खिच्छन् छवि अाँखा बन्द गरी भए पनि कथा पाेख्छन् हजाराैँ कवि ।।२२।। खाडीमा पति दु:ख भाेग्छ अति नै छन् माेजमा श्रीमती फर्के देश विदेशबाट पथ नै माेडेर हिँड्छन् कति । सासू हाे जननी भनेर कहिल्यै भन्दैन भन्छिन् उनी राम्राे मेलमिलाप भै घर कहाँ बस्छिन् लगाई गुनी ।।२३।। नारीदेखि यहाँ बलात्कृत बने नारीहरू नै कति देख्दैनन् गतिलाे कुनै पुरुषकाे कैल्यै कहीँ उन्नति । जुत्ता चप्पल भित्र ल्याउन सिके पानी नहालीकन घाँटीसम्म सके डुबाइ अहिले सम्पत्तिमा जीवन ।।२४।। जिब्राे तीन छ इन्च खान्छ धरती झैँ गर्छ रातैदिन खै कस्ताे स्कुल पढी किन सिके वस्त्रै बिना उफ्रिन । जान्दैनन् कति काम गर्न छ पुरै भित्ता दशाैँ याेग्यता हाम्राे देश त ए कता हुन पुग्याे शब्दै फुटी एकता ।।२५।। ऐले सज्जन ठानिने पुरुषकाे उस्तै छ पापी मन छाेरी देख्छ भने हुनेछ अति नै याैनाङ्ग उत्तेजन । रक्सी जाँड चुराेट भाङ धतुराे काे खान्न हाेला भन जड्याहा सरि बाँच्छ कर्म नगरी भाैतारिदै जीवन ।।२६।। अल्छी गर्छ बढी सुती दिनहरू काट्नेछ खेली जुवा पानी झिक्न समेत अाउछ कहाँ बाल्टी डुबाई कुवा । ज्यादै मूर्ख छ वृद्ध मातृ रुपियाँ मा बेच्छ लाेभी बनी पत्नीकै सुन माग्छ मार्छु म भनी बन्नेछ इच्छा धनी ।।२७।। दाह्री पाल्छ कपाल पाल्छ नङ हाे झन् शक्तिशाली छुरा ऊ सुन्दैन नि प्रेमिकासित बसे मातापिताकाे कुरा । हेर्दा नै खतरा छ ताेप खुकुरी बाेक्नेछ डाँडासरि मुन्द्राले अनुहार छाेप्छ कसरी छन् टाटु छातीभरि ।।२८।। प्याच्चै थुक्छ जताजतै घर सफा राख्दैन कैल्यै किन रक्सी खान हुँदैन रत्न अनि ता सक्दैन कुच्चाे लिन । कन्या सन्निधि अाउँछिन् यदि भने जिस्क्याउदै बाेल्दछ माया गर्छु विवाह गर्नु छ भनी धेरै कुरा खाेल्दछ ।।२९।। उद्याेगी व्यवसाय गर्न कहिल्यै मान्दैन लाग्याे दशा अाशा छैन भविष्य छैन कि भए चाहिन्न केही नशा । काँचाे मासु बनाउनेछु म भनी बाह्रै घडी हिड्दछ पैसाकाे मुख देख्न पाउछ भने अामासितै भिड्दछ ।।३०।। धेरै पढ्न सकेर विज्ञ गुरुजी छन् एक लाखाैँ थरि धर्ती दीप दिलाउने रवि बनी ठान्छन् म नै हाे हरि । लेख्छन् काव्य प्रशस्त गीत कविता साेच्दै नसाेचीकन बिग्रेकाे छ भने रिसाइ अति नै थाल्छन् सधै उफ्रन ।।३१।। केही छैन तथापि भाव सबले सम्मान गर्छन् किन यस्ता नै गुरुजी बनेर कसरी सक्नेछ अर्ती दिन । मै जान्ने छु भनी अगाडि पथमा बढ्छन् छली पण्डित ढुङ्गा मिल्नु हुँदैन लेख छ अरे शास्त्रादि माटाेसित ।।३२।। गर्छन् चार विवाह प्रेम नगरी लिग्छन् सयाैँ दाइजाे माैका अाज छ एकसाथ मुखकाे खाेल्छाैँ नि हामी बुजाे । झूटाे बाेल्छ सदैव भाषण गरी लुट्नेछ लाखाैँ धन तान्ने गर्छ कसाे गरी छक परेँ अस्तित्व हाम्राे मन ।।३३।। राखेकाे छ असाध्य क्राेध मनमा उस्तै घमण्डी बनी स्वप्ना रे बलियाे कुबेर जसरी बन्ने जगत्कै धनी । शिष्यार्थी अब सिक्दछन् भन तिमी विद्वान् भनी धाउँदा मारूँ लाग्दछ सत्य हाे छल गरी धाेका सधैँ पाउँदा ।।३४।। केही काम छ भन्दिनू स्कुलहरू संस्कार दिन्नन् भने हाली शम्बर नीम गर्छ कसरी मीठाे बनी उम्रने । विद्वान् काे पनि काट्छु गर्दन भनी मातापिता गर्जिए लेखेरै कविजी हजार कविता के काम अर्ती दिए ।।३५।। सिक्ने छन् तुजुकी म सिक्दछु भनी इच्छा छ कस्काे भन लाैरी हात परे अकाश छुन नै थाल्छन् बडाे उफ्रन । खेल्फी खिच्न भुलेर पुस्तक लिई पढ्नेहरू छन् कति मायाले अति बिग्रिए कुल भुले हाम्रा सयाैँ सन्तति ।।३६।। चल्ने विश्व सदैव फेसबुक रे यै पढ्छु भन्छन् सधैँ मुर्दाकाे अघिसम्म तस्बिर खिची सञ्जालमा उफ्रदै । हाल्छन् लाइक धेर अाउछ भनी लेखेर छाडा कुरा देखि पुष्प रमाइ भन्दछ स्वयम् के काम यी अाँकुरा ।।३७।। धेरै ज्ञान दिएर हाे कि गुरेजी सन्तान यस्तै भयाे माताकाे ममता भुलेर तरुनी हुन् फूल भन्दै मर्याे । सिक्दाखेरि सिकेछ के अब चिनूँ मैले कसाे के गरी श्रीरामायण वेद शास्त्र नहुँदा कालाे छ धर्तीभरि ।।३८।। सिक्ने अादत छैन भन्छ गुरुजी के काम लाग्छन् अब नाच्छन् छम्छम अाज शङ्कर उमा मेराे भुजामा सब । कैल्यै चिन्न सकेन हाे कि गुरेजी ठानेँ सिकारु म त गर्छन् लाग्छ अचम्म रत्न सुनकाे सम्मान अभ्यागत ।।३९।। गर्भैमा सय सीप अध्ययनले जान्ने भएकाे अरे धर्तीसम्म उचाल्न सक्छु करले विश्वास गर्ने गरे । ए देवी भनिद्याै न छन्द कविता सिक्नेहरू छन् कता मात्रै काञ्चन सिक्दछन् र अहिले शब्दै फुट्याे एकता ।।४०।। - तानसेन न. पा. -७ काजीपौवा, पाल्पा । (-शङ्कर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २१, २०७६ शनिवार - १५:३९:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend