Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एकदिन उसको पनि आउला बेला कहिल्यै सोचेन । - रविन्द्र अनुराग (५ चोटिला मुक्तकहरू)

एकदिन उसको पनि आउला बेला कहिल्यै सोचेन । - रविन्द्र अनुराग (५ चोटिला मुक्तकहरू)

सतीश चापागाईं

२१, आषाढ २०७६
images
  मुक्तक -१ कसलाई हुन्न र चिन्ता पीर छुट्ने बेलामा झन् छोई दिएँ पाउमा शिर छुट्ने बेलामा बा-आमा श्रीमतीको अवस्था देख्दा-देख्दै मैले हाँसी-हाँसी परदेशिएँ आखिर छुट्ने बेलामा । मुक्तक -२ पैसा पठा भन्छन् घरि मोबाइल पठा भन्छन् कुरा गर्छन् नानाथरी, मोबाइल पठा भन्छन् ज्यानलाई सञ्चो बिसञ्चो सोध्दैनन् कहिल्यै फलानोको हातमा जसरी मोबाइल पठा भन्छन् । मुक्तक -३ किन होला यति धेरै धेरै भयानक लाग्ने आफ्नो जिन्दगी आफैंलाई नाटक लाग्ने न स्वदेश हुँदा सुख छ न खाडी पस्दा नै के गर्यो भने होला यो जीवन सार्थक लाग्ने । मुक्तक -४ के दियो र यो जिन्दगीले उपहार मलाई आँसु सिवाय दिएन पापीले उपहार मलाई बचपन देखि आजसम्म पीडै-पीडा बाहेक अब के दिने हो र सम्झनीले उपहार मलाई ! मुक्तक -५ कति उठ्यो उसको हातमा ठेला कहिल्यै सोचेन दुखेका होलान् उसका हत्केला कहिल्यै सोचेन सधैंभरि नोकरलाई झै हेप्नुसम्म हेप्यो उसले एकदिन उसको पनि आउला बेला कहिल्यै सोचेन । महाकाली न.पा.- ३ कञ्चनपुर । (-रविन्द्र अनुरागका यी मुक्तकहरु  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २१, २०७६ शनिवार - १५:४९:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend