Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा मिस नेपाल युएस, दिलाशाको शिरमा ताज

अमेरिकामा मिस नेपाल युएस, दिलाशाको शिरमा ताज

सतीश चापागाईं

४, भाद्र २०७५
images
—शिव शर्मा प्रतियोगिहरु पालै पालो नेपाली संस्कृति झल्कने पहिरनमा क्याटवाक गदै आफनो परिचय दिन झुल्किए । सभाहलमा बसेका दर्शकले ताली परर बजाए । सबै प्रतियोगि आ–आफनो ठाउमा अब्बल देखिन्थे । तर पनि उनिहरु मध्येबाट एक जना विजेता छान्नु पर्ने थियो । सुरु देखि नै दर्शकको रोजाईमा समेत परेकी थिइन दिलाशा न्यौपाने । धेरैले लख काटेका थिए उपाधी उनकै पोल्टामा पर्छ की भनेर । आखिर निर्णायक मन्डलको निर्णय दर्शक संग मेल खादै तिनै २४ वर्षिया सुन्दरी दिलाशा न्यौपानेले मिस नेपाल युएस छैठौ संस्करणको मुकुट पहिरिन । उनले अन्तिम पा“च प्रतिस्पर्धीहरुका लागी सोधिएको प्रश्नको चित्तबुझ्दो जवाफ दिदै उपाधी आफनो भागमा पारेकी हुन । मेडिकल क्षेत्रकी न्यौपानेले एकेडेमीक एक्सिलेन्स तथा पर्सानालिटीको टाइटल पनि पाइन । उनले ५ लाख रुपैया बराबरको छात्रवृत्ति, पर्यटन वर्ष २०२० को गुडविल एमबेस्डर लगायतका पुरस्कार हात पारेकी छिन् । फेसन डिजाइनर क्षीतिजा शाक्यले तयार पारेका विभिन्न नेपाली संस्कृति झल्कने पहिरन लगाएर प्रतियोगिता ¥याम्पमा उर्तिएपछि कार्यक्रम सुरुवात भएको थियो । पप गायक निमा रुम्बाले मिस क्याटवाक गीत प्रस्ततु गदै गरेपछि प्रतिस्पर्धीहरु फ्युजन राउन्ड, टप टेन र टप फाइभ हुदै विजेता घोषणा गरिएको थियो । प्रतियोगितामा पोशा घर्ति थापाले फस्ट रनर अप संगै मिस फ्रेन्डली तथा कल्चरल डे«सको टाइटल पाइन त्यस्तै सुकृति ढुंगेल सेकेन्ड रनर अप बनिन । त्यस्तै प्रतियोगितामा ट्यालेन्ट स्वीकृति भट्टराई, क्याटवाक विना श्रेष्ठ, पब्लिक च्वाईस तथा सोसियल एक्सिलेन्स, फोटोनिक नेलिया गुरुङ, डिसिपिलिन कृति श्रेष्ठ र मिस नेपाल टेक्सस वियन्का अधिकारी बनेकी थिइन । पुर्व मिस नेपाल मलिना जोशी तथा फेसन कोरियोग्राफी सुरेन्द्र मानन्धरबाट प्रशिक्षीत प्रतिस्पधीहरु अमेरिकका विभिन्न राज्यबाट सहभागि भएका थिए । कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न विभिन्न कलाकारहरुको लाइभ प्रस्तुती समेत रहेको थियो । नेपाल ११ इन्टरटेन्टमेन्टले गरेको यो छैठौ संस्करणको प्रतियोगितामा लागी अमेरिकाका विभिन्न राज्यबाट आएका ५७ आवेदनहरु मध्येबाट उनिहरु अन्तिम प्रतिस्पर्धाका लागी छनौटमा परेका आयोजक संस्थाका प्रतिक सुवेदीले जानकारी दिए । तस्विरहरु राजीव श्रेष्ठ युएसखबर अनलाइनबाट

images
प्रकाशित मिति :भाद्र ४, २०७५ सोमवार - १६:०२:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend