Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

महकिन्छ जीवन ...(कविता) -गंगा लिगल

महकिन्छ जीवन ...(कविता) -गंगा लिगल

सतीश चापागाईं

२२, आषाढ २०७६
images
  कति निस्ठुरी रहेछ तिम्रा नयन कति सहजैसँग लिन्छौ चयन फुल फुलेको रहर लाग्दो चमन तोडी दिन्छौ झोक्का सरि पवन । कसैको कष्टमा पग्लिन्न तिम्रो मन कसैको रोदनमा चिसिन्नतिम्रा नयन गौरव छ केवल निजी स्वार्थ र धन बुझ्न क्षण भङुर छ यो जीवन त्यागेर हेर स्वार्थ र निजीपन गुलाफले पनि सुम्पन्छ सारा यौवन सुवासिय कृति छोडेर जान्छ झन। बिश्व अत्यन्त बिशाल छ् मान यस्को बक्षस्थल रमणीय छ जान मिठो र रसिलो यहाँको जलपान जान्नु पर्छ पवित्र बनाइ खान कति उज्वल, छ नील गगन कति पबित्र र पारदर्शी छ पवन बढ चैतन्य बनाइकन तन मन अनि गुलाफ सरि महकिन्छ जीवन । - सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल । (-गंगा लिगलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २२, २०७६ आइतवार - ००:०४:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend