Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सोझा-सादा गरिबलाई सधैंभरि मारमा पारेर .........लाई नै माथि उठाएका छौं । - रविन्द्र अनुराग (५ मुक्तकहरू)

सोझा-सादा गरिबलाई सधैंभरि मारमा पारेर .........लाई नै माथि उठाएका छौं । - रविन्द्र अनुराग (५ मुक्तकहरू)

सतीश चापागाईं

२२, आषाढ २०७६
images
  मुक्तक -१ सबैको आ-आफ्नै खाले विचार हुँदोरहेछ विचार अनुसार सबको व्यवहार हुँदोरहेछ एक थुङ्गा फूल लाशमाथि राखिदियो भने उही असल उसैको राम्रो संस्कार हुँदोरहेछ ! मुक्तक -२ जानाजानी हामी आफैंले बलवान बनाएका छौं हाम्रै अस्तित्व धरापमा पार्नेलाई जन्माएका छौं सोझा-सादा गरिबलाई सधैंभरि मारमा पारेर चोर फटाहा डाँकाहरूलाई नै माथि उठाएका छौं । मुक्तक -३ जति रोई कराई गरे पनि केही लागेन गाउँबाट शहर झरे पनि केही लागेन माछो माछो भन्दा भ्यागुतो हात लाग्यो आखिर जहाँ बसाइँ सरे पनि केही लागेन ! मुक्तक -४ गए जान्छ ज्यान जाओस् बरु, केही भन्दिनँ जो भए' नि मेरो कुरा काट्ने, अरु केही भन्दिनँ जुन दिन मैले प्रमाण फेला पार्छु अनि बोल्छु त्यही दिन नै हुनेछ निर्णयहरू, केही भन्दिनँ ! मुक्तक -५ जिन्दगी पनि सुकेको छ बिस्कुन जसरी जस्तो की अौंशीको रातबिना जून जसरी मध्यरातमा ब्युँझेर म अनेकौं सपना बुन्छु अधुरो सपनाले बिझाउँछ बेसुरो धुन जसरी । महाकाली न.पा.- ३ कञ्चनपुर । (-रविन्द्र अनुरागका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २२, २०७६ आइतवार - ००:०९:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend