Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सहारा बन्नुछ जिउने एउटा भर बन्नुछ आमाको निम्ति । - नेत्र बिक्रम तोलाङ्गी (५ मुक्तकहरू)

सहारा बन्नुछ जिउने एउटा भर बन्नुछ आमाको निम्ति । - नेत्र बिक्रम तोलाङ्गी (५ मुक्तकहरू)

सतीश चापागाईं

२२, आषाढ २०७६
images
  मुक्तक - १ आँसु नराखी आँखामा आगो लगाइदिनू मलाई लगेर चितामा आगो लगाइदिनू तिमीलाई चाहँदा चाहँदै मरेँछु भने प्रिया चोट दिएको बदलामा आगो लगाइदिनू । मुक्तक - २ बिसाउँदै दु:ख -सुख एउटा सफर पूरा गर्नु छ कसैलाई दिलमा सजाउने अवसर पूरा गर्नु छ चाहे जस्तो समयले उपहार दियो भने हजुर मनको खुसी अनि जवानीको रहर पूरा गर्नु छ । मुक्तक - ३ सडकबाट उठाउने अधिकार मलाई दिनुहोस् रुनेहरूलाई हँसाउने अधिकार मलाई दिनुहोस् अझै जनताले सडकमै बिताउनु पर्छ भने सरकार छाड्नुस देश बनाउने अधिकार मलाई दिनुहोस् । मुक्तक - ४ जल्न पर्छ अनि जलाउन पर्छ प्रेम गरेपछि कयौंलाई उछिनेर लडाउन पर्छ प्रेम गरेपछि यार बिश्वास दिलाउन मुस्किल छ दुनियाँलाई चिरेर छाती प्रमाण देखाउन पर्छ प्रेम गरेपछि मुक्तक - ५ दु:ख-सुखमा ओत लाग्ने घर बन्नुछ आमाको निम्ति बरु बन्न परे नि दुनियाँ सामु पत्थर बन्नुछ आमाको निम्ति दश धारा दूधको भारा त तिर्न सक्दिन होला सायद मैले सहारा बन्नुछ जिउने एउटा भर बन्नुछ आमाको निम्ति । रामपुर, ओखलढुंगा । (नेत्र बिक्रम तोलाङ्गीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २२, २०७६ आइतवार - ००:३४:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend