Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अर्को महायुद्ध (कविता) - शारदा घिमिरे भैल

अर्को महायुद्ध (कविता) - शारदा घिमिरे भैल

सतीश चापागाईं

२२, आषाढ २०७६
images
  आज लड्दैछु आफ्नै जीवनसँग यसरी जीवित भ्रमसँग र भ्रमको चक्रव्युहमा जकडिएको आफ्नै यो मनसँग न बिथोलिदिनू मेरो मौनता शून्यतामा बिलाएको बेला युगौंदेखि संरक्षित गुफाभित्र असमानता र आशंका को चिहान खोतलेको बेला लड्न देऊ मलाई अनवरत रोक्दै नरोक लड्न देऊ मलाई यात्रा थाक्दैन मेरो कुल्चेर काँडाहरू रक्ताम्मे पाइतलाले थोपा थोपा पसिना र आँसुको हिसाब छ मसँग छाउदेखिका असंख्य घाउहरूमा बल्झिएको छु म सृष्टीको गुँडलाई नाङ्गो पारी च्यातिएको पछ्यौरीमा अल्झिएकी छु म । मेरो युद्धको शंखघोष सुन्यौ हैन ? अनन्तकालदेखि हालसम्म अन्त्य नभएको महायुद्ध अन्त्य गर्नका लागि अब अर्को अन्तिम भीषण युद्ध आज म लड्दैछु । - बनेपा न. पा .- ५ काभ्रे । ( शारदा घिमिरे भैलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २२, २०७६ आइतवार - ००:४९:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend