Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सोँच (लघुकथा) सानू पौडेल

सोँच (लघुकथा) सानू पौडेल

सतीश चापागाईं

२२, आषाढ २०७६
images
  "कति ढिलो गर्नु भएको ! अफिस त पाँच बजे छुट्टी हुन्छ त ! फोन गरेको पनि उठाउनु भएन। होइन किन केही बोल्नु हुन्न ? पक्का केही त राज छ ।आजभोलि कसैसँग लागे जस्तो छ ।" दिनभरिको अफिसको तनाव अनि काठमाण्डौको जाम र धुलोले लखतरान भएर साँझ घर फर्कीएको सुबिन पुग्न बेर श्रीमतीको कचकच सुनेर दिक्क हुन्छ र हतार हतार जुता र लुगा फुकालेर बाथरुमतिर लाग्छ । नुहाएर हल्का फ्रेस भएको सुविन खानाको गास मुखमा लान नपाउँदै फेरि राधा ले उही प्रश्न गर्छे । ऊ एकछिन नबोली नबोली खान्छ तर राधाले अति गरेपछि खानाको भाग नै छोडेर बिस्तारामा पल्टिन्छ । अर्कोदिन बिहानै उठेर राधालाई सम्झाउँछ । राधाले फेरि अर्को कुराले तनाव दिन सुरु गर्छे । " अब तीज पनि आउन थालीसक्यो । एउटा रानीहार र छड्के तिलरी जसरी नि चाहिन्छ है मैले भन्देकी छु ।" महिनाको तीस हजार तलब ! बच्चालाई स्कूल फिस श्रीमतीलाई हप्तै पिच्छे पार्लर र सपिङ्ग अरू के के खर्च । अनि बिजुली, पानी, वाईफाई र केवल खर्च, घर खर्च आदि गर्दा आफूलाई जुत्ता किन्ने पैसा कहिलै नपुगेको सुबिन न्याउरो मुख लगाएर अफिस तिर लाग्छ । तीज आउन एक महिना अघिदेखि दर खाने र नाच्ने गाउने गर्न हिँड्नु पर्ने राधालाई कहिले गहना बनाइदिन्छ भनेर हतार भै रहेको थियो । सुविन एक त पहिले नै बिहे गर्दा र घर बनाउँदा कर्जामा डुबेको थियो । त्यसैमाथि ऋण खोजेर गहना बनाउने वारे कत्ती सोँचेको थिएन । नभन्दै तीज आयो । राधाले गहना कै लागि झगडा गरेर माइत गई । माइतमा भाईले बुहारीलाई तीजको लागि किनमेल गर्न जाऊँ भनेर कर गरिरहेको थियो । बुहारीले " पोहोरकै त्यति राम्रा गहना र लुगा छन् । बरु त्यही पैसाले एउटा स्कुटी किन्न पाए अफिस जान आउन सजिलो हुनेथियो । गहना लगाएर दुनियाँलाई देखाएर के हुन्छ र ? आज एउटा औँठीको लोभमा कतिको हत्या भएको छ । हजुरको माया जीवनभर पाउन सकुँ त्यही मेरो सबैभन्दा ठूलो गहना हुनेछ ।" राधा बुहारीको कुरा सुनेर थाहै नदिई घर फर्किन्छे र सुविनलाई भन्छे - "अब तिलरी र हार होइन मलाई बरु एउटा जागिर खोजीदिनू ।" राधाको कुरा सुनेर सुविन आफूलाई चिमोट्छ ।   - बुटवल, रुपन्देही ।  (सानू पौडेलको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २२, २०७६ आइतवार - ००:५६:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend