Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अहिले तस्कर अनि भ्रष्टहरूले सर्वश्व अस्मिता लुटाएको देश - प्रकाश घायलका  (५ मुक्तकहरू)

अहिले तस्कर अनि भ्रष्टहरूले सर्वश्व अस्मिता लुटाएको देश - प्रकाश घायलका  (५ मुक्तकहरू)

सतीश चापागाईं

२३, आषाढ २०७६
images
  मुक्तक -१ व्यवहारको बोझ सानो मायाको चाही भारी थियोे यता भने झुक्याइ झुक्याइ जानुपर्ने पारी थियो दोधारैमा परे हजुर ~ यता जाऊँ कि उता भएँ , दुवै उस्तै कलकलाउँदा आफ्नो झ्याप्प दारी थियो । मुक्तक -२ वीर सपूतहरूले विदेशीको हस्तक्षेप हटाएको देश भिन्न भिन्न धर्म-संस्कृति, भाषा-भेष अटाएको देश कालान्तरमा मेरो देशको दयनीय हविगत देख्दा लाग्छ, अहिले तस्कर अनि भ्रष्टहरूले सर्वश्व अस्मिता लुटाएको देश । मुक्तक -३ जल्ने त आखिर मनै न हो जलिरहोस् जसरी चल्छ हाम्रो सम्बन्ध चलिरहोस् बलेपछि निभ्नु पर्छ दियो एकदिन पक्कै, निभाउनु पर्दैन मुटुको ज्वाला बलिरहोस् । मुक्तक -४ जिन्दगीको खातामा मिठो सपना प्यार लेखायौ चाल पाइ नसक्नुको मुटु रेट्ने व्यवहार देखायौ मिठो सपनाहरू देख्दो हो मोरो घायल अचेल, किस्तीमा सजाएर शब्दको छुरा उपहार पठायौ । मुक्तक -५ अचम्म लाग्छ सिरियल झै दोहोरिने तेरिने जमाना आयो क्यालेण्डरको पाना जस्तो माया फेरिने जमाना आयो बुझ्नेलाई काफी होला बुझ पचाउनेको कुरै छोडौं आज यता त भोली उता अँगालोमा बेरिने जमाना आयो ।   तारकेश्वर नगरपालिका -७ फुटुङ्ग काठमाडौ । २३ असार २०७६   (✍️- प्रकाश घायलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २३, २०७६ सोमवार - १२:१७:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend