Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

किनभने यो सरकार अहिले ....भएको छ । - निर्धन सबिन (५ मुक्तक)

किनभने यो सरकार अहिले ....भएको छ । - निर्धन सबिन (५ मुक्तक)

सतीश चापागाईं

२३, आषाढ २०७६
images
  मुक्तक -१ आफ्नो नाडीको घडी बिगारी खेल्न नजाऊ छोरी वनमा लुकामारी खेल्न यसैले तिमी एक्लै जङ्गल नजानू नानू आउलान् नि त्यहाँ बलात्कारी खेल्न । मुक्तक -२ समतल सडक भएर या घारी भएर डर लागेको हो उनको सवारी भएर। कुबेर बनेर फिर्न भनी गएको थिएँ तर फर्किनु पर्यो यार भिखारी भएर । मुक्तक -३ निर्दोष जनतालाई जाक्नका लागि जेल छ यसैले मेरो सरकार र प्रहरीसँग बेमेल छ काठको सानो गाडीमा बसेको छ बच्चा जसको मुखमा सधैं हेलिकप्टर र रेल छ । मुक्तक -४ नराम्रो आउला प्रतिफल खन्नु पर्दैन सकिन सक्छ तिम्रो बल खन्नु पर्दैन यो जमानामा समेत कति दुःख गर्छौ मलाई गाड्न तिम्ले खाडल खन्नु पर्दैन । मुक्तक -५ रुखो ठाउँमा नि सुन्तला अनि कागती भएको छ स्वदेशमै पसिना बगाउँदा यति उन्नति भएको छ बिन्ती उसलाई काम गर्न धेरै कर नलगाउनुहोस् किनभने यो सरकार अहिले गर्भवती भएको छ । तेह्रथुम  (✍️-निर्धन सबिनका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २३, २०७६ सोमवार - १२:२१:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend