मुक्तक -१
भेटे उन्लाई डुबेपछि वैशालु घाम
सम्झेर मैले च्यातेपछि चिठीको खाम
मनमा गड्यो सधैं भ्रमका कुराहरू
बुचपचाई बिर्सदा नि सधै मेरो नाम ।
मुक्तक -२
गल्ती गरे लेखेर तिम्रो डायरी
मनभित्र कोरेछु तिम्रो सायरी
फूलले बास्ना दिदैन रे अब त
खोज्दै छु म प्रेमपत्रको जायरी ।
मुक्तक -३
अचेल तिमी खुशी छौ बुझेकीछु
वचन लाउँदा आँशुले रुझेकीछु
मायाप्रीतिका कुरा अब नसुनाऊ
तिम्लाई सम्मानका साथ पुजेकीछु ।
मुक्तक -४
तिम्ले गल्ती गरेकै छौ
मेरो बस्तिमा चरेका छौ
अब त मैले पनि बिर्सिसके
तिमीअझै भ्रममा परेका छौ ।
मुक्तक -५
चुमिरहेछ आज चादनिका रातहरु
घुमिरहेछ मस्तिकमा तिम्रा बातहरु
सधै फूलिरहने संझनाका फूलहरु
अब बिर्सिदिन्छु तिम्ले गरेका घातहरू ।
- रिब्दिकोट - ७ , डबका पाल्पा
हाल : , टोखा न.पा. -९ गोङ्गबु, काठमाडौ ।
(
-सीता बिष्ट कार्कीका यी मुक्तकहरू) साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)