हरेक दिन - रात,
शिकारीहरू
मुस्कानका फूलपातीहरू चढाई
सोझोपनको धूपबत्ती बालेर
मानवताको बली दिइराख्छन्
पूजाको थानमा !
अन्तमा,
निस्कन्छन् मन्द गतिमा चुपचाप
जङ्गलतर्फ........
मानव जङ्गलभित्र पसेर
पासो थाप्छन् चिल्लो बोलीको
औ,
मोहनी मुग्ध रूपको
धनुकाँड र बन्दुक बोकेर
शिकार गर्छन्
लोभको कालो घोंडामा चढेर
कुसंस्कारका साङ्गलोले बाँधिएका
नजरका दुई शिकारी कुकुरहरू
निगरानी बस्छन्
घुम्तीहरूमा.............
दोबाटोहरूमा...........
शिकारीहरूले,
शान्तिका खरायो मार्छन्
इमानका ढुकुर लडाउँछन्
निसंकोच
धर्म र पूण्यका कस्तुरीको शिकार गर्छन्
अँ हो
जिन्दगीको 'अध्याय शेष'
- जलढक्का कालिम्पोङ्ग, भारत
(
-निरूविन्दुको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)