Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल- मीनराज सुनार

गजल- मीनराज सुनार

सतीश चापागाईं

२३, आषाढ २०७६
images
  हजुरका पो ठूलाठूला बिल्डिङ्ग छ कार छ, हाम्रा पनि खाडीमा साउदी छ, कतार छ । धन कमाउन गा'को छोरो बाकसमा फर्कियो, वाह!भगवान तिम्रो लिला नि बडो अपार छ । मैलै हात जोडेँ मन्दिरमा उस्ले पैसा चढायो, के थाहा भो र मलाई सुखीलाई मात्र सपार्छ । जब ऋणले भारीथ्यो तब छोरी बिरामी भई, कस्लाई दोष दिनु खै आफ्नै भाग्य गद्दार छ । देशले पनि राहदानी बाहेक केही दिन सकेन, कठै! देशको आफ्नै हालत लछारपछार छ । यता श्रीमानको जीउ गल्यो हातखुट्टा फुट्यो, उता श्रीमतीलाई पार्लरभित्र श्रृंगार-पटार छ । - रामपुर, पाल्पा । (मीनराज सुनारको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २३, २०७६ सोमवार - २१:४८:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend