Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल - अनुराग चन्द्र रिजाल

गजल - अनुराग चन्द्र रिजाल

सतीश चापागाईं

२५, आषाढ २०७६
images
  ह्विल चियरमा बसेर पनि गिट्टी तोडेर खानुछ आफ्नै मेहनतले आज घरजग्गा जोडेर खानुछ ।   देखाउनेछु सबैलाई अपाङ्गले पनि केही गरेको अपाङ्ग छु भन्ने कुरा दिमागदेखि पर छोडेर खानुछ ।   बनाउन लगाएर एउटा सानो फलामको घन आज त्यसै घनले आफ्नो बारीको ढुङ्गा फोडेर खानुछ ।   मेहनत गर्नुछ दुइटै खुट्टा नचले पनि मेरो हजुर आफ्नो घर आँगनको फूलबारी गोडेर खानुछ ।   आफ्नो घरमा नुन-तेल चामल केही नभए पनि भएको ढिँडो र आटोमा पानी मोलेर खानुछ ।     भैरवी गा.पा. - ५ दैलेख । (-अनुराग चन्द्र रिजालको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २५, २०७६ बुधवार - २०:३५:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend