Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मौका पाए कसैको थुक पनि चाट्ने गर्छन् मान्छेहरू (५ मुक्तकहरू)- के.बी. पारखी

मौका पाए कसैको थुक पनि चाट्ने गर्छन् मान्छेहरू (५ मुक्तकहरू)- के.बी. पारखी

सतीश चापागाईं

२५, आषाढ २०७६
images
मुक्तक - १ आँशु पिएर बाँच्नुपर्छ परदेशमा जीउ-ज्यान दिएर बाँच्नुपर्छ परदेशमा घरदेशको मायाले मुटु निचोरिँदा अठोट लिएर बाँच्नुपर्छ परदेशमा । मुक्तक - २ कोही मीठा चिप्ला बोलीले मान्छे बने कोही अघिपछि गर्ने झोलीले मान्छे बने यस्तै चलन छ हजुर यहाँ कोही रगतको खोलीले मान्छे बने । मुक्तक - ३ बिनासित्ति अर्काको कुरा काट्ने गर्छन् मान्छेहरू केही स्वार्थमा नि मन, मुटु साट्ने गर्छन् मान्छेहरू इमान, जमान र इमान्दारिता गुमाएकालाई के भन्नु मौका पाए कसैको थुक पनि चाट्ने गर्छन् मान्छेहरू । मुक्तक - ४ हिजो राती सपनीमा देखेर के ल्यायौ खामबन्दी कागजमा लेखेर के ल्यायौ मनभरीका कुरा शब्दभित्र अटायो र ? अघि जान अरूको बाटो छेकेर के ल्यायौ । मुक्तक - ५ दिन-रात ऐँठन हुन्छ मन-मुटु चिरेपछि प्यारो मान्छे पराइ हुन्छ नजरबाट गिरेपछि अभाव भन्ने के थियो र यो मायामा ? सर्वश्व हरण गरी अर्कै मनमा छिरेपछि । फेदीखोला -२ स्याङ्जा हाल : टोकियो, जापान । (-के.बी. पारखीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २५, २०७६ बुधवार - २०:४१:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend