Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -अरुणा श्रेष्ठ

गजल -अरुणा श्रेष्ठ

सतीश चापागाईं

२५, आषाढ २०७६
images
    मझौला झ्याउरे लय ३-२+३-२+३-३=१६ कुरेर बर्षौ रहेथेँ जस्तै खहरे तिर्खाइ पानी झै बगी क्षणिक मात्र गएथ्यौ भिजाइ प्रहार तिम्रो मलाई किन भन्न नि सकिन च्यतिए मुटु बनाए फेरि माफैले सिलाई बेसै त थियो हुँदामै रित्तो भर्नुको के अर्थ भरेर फेरी आखिरी गयौ फोहोरै मिसाइ ऐनाले सत्य बोल्छ रे भन्थे गलत रहेछ दुरुस्तै आज देखायौ उल्टो सामुन्ने खिचाई दिक्दार लाग्छ फर्कियो जता देखिन्न निस्वार्थ कस्ले यो बानी मानवलाई पठायो सिकाइ । - भद्रपुर न. पा. -३ झापा, नेपाल गजल (अरुणा श्रेष्ठको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २५, २०७६ बुधवार - २०:४४:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend