Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

आभाष  हुन्छ (कविता) -गंगा लिगल 

आभाष  हुन्छ (कविता) -गंगा लिगल 

सतीश चापागाईं

२५, आषाढ २०७६
images
    अन्तस्करणमा  शुद्धीकरणको भावना   जगाएर नियाली  हेर मानव जीवनमा पवित्र  अनि संगीतमय धुन बज्नेछ   ईर्ष्या, क्रोध  त्यागी  हेर्दा हृदयमा  ईश्वरको आभाष  हुन्छ   उदारमय   जीवनसँगै आनन्दको  घण्टी  बज्छ पत्र-पत्रमा कमल फुल्छ अनि जीवन  यौवन बन्छ संगीतको आभाषसँगै जीवनमा  नवीनता थप्दै   जाऔं कलुषित  भावना त्याग्दै  जाँदा सूर्यको  लालिमासँगै जीवनलाई उल्लासित  बनाउँदै  जाऊ नम्रतामा संगीत  हाँस्छ मानव  मानवमा दौहार्दताको  भावना राख्दा जीवन  प्रफुल्लताले  भरिन्छ ।   जीवनलाई  स्वर्णिम  बनाउन स्मरणिय  बाटिका  सिंगार्न फूलमा  महक  फैलाउन अनि  संगीतमा सुरिलो  धुन  छर्न अन्तस्करण मा शुद्धीकरणको  भावना जगाई  हेरौं  त गुराँस  फुलेर जीवन  यौवन  बन्छ  ।   अस्तु ।   - सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल । (गंगा लिगलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २५, २०७६ बुधवार - २०:४७:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend