Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -अरुणा श्रेष्ठ 'अनु'

गजल -अरुणा श्रेष्ठ 'अनु'

सतीश चापागाईं

२६, आषाढ २०७६
images
  सक्छौ बिना वर्षित यिनै रुझाइमा खोज मन जित्न हैन बझ्नुको गहिराइमा खोज हिमशिखर पुग्यौ हिउँ बाहेक के भेट्यौ भेट्ने नि छैनौ चाहे जति उचाइमा खोज यसै नि आउँछन् पसिना त गर्मी भएसी साँच्चै थकित खोज्छौ त सुस्ताइमा खोज अरे छँदै छैन नाम सान मानको अग्रतामा जुन मजा लडी उठ्नेको उठाइमा खोज दुखाइ के हो पाउँदैनौ धारिलो हतियारमा बरु जाऊ मनै मन भित्रको चुटाइमा खोज   - भद्रपुर न. पा. -३ झापा, नेपाल । (-अरुणा श्रेष्ठ 'अनु' को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २६, २०७६ बिहिवार - १०:१३:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend