Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

उफ्रेर के हुन्छ र ? (कविता)

उफ्रेर के हुन्छ र ? (कविता)

सतीश चापागाईं

२७, आषाढ २०७६
images
  अाफ्नाे संस्कृति सभ्य सीप नभए अाफै नजाऊ पर जादूले कतिसम्म चल्छ र बिना पेट्राेलमा माेटर । ए साथी नसुनेर राष्ट्र कविता ताली पिटी टर्टर व्यर्थै प्रेमी र प्रेमीकासित अझैँ उफ्रेर के हुन्छ र ।।१।। दाेसल्ला छ प्रमाण पत्र छ भनी मान्दै नमानी डर वावाकै भरमा परेर कविजी बिर्सेर अाफ्नाे घर । मान्छे माझ सुनाउँदा नि कविता अाए जसै बाँदर नामी बन्न गधासरी शहरमा उफ्रेर के हुन्छ र ।।२।। दाँज्ने हाे रुपियाँ म तिर्छु कति पाे तिम्राे कुरा पर्छ र नेताजी दिनरात भाषण गरी नेपाल फेरिन्छ र । अाफै बुद्धि लगाइ एक कविता लेख्याे भने शङ्कर भाषाविज्ञ वरिष्ठ डाक्टरहरू उफ्रेर के हुन्छ र ।।३।। पैसाकै पछि दाैडिएर दुनियाँ गर्छन् भने अादर तिम्राे नाम र काम चिन्न सुकिलाे अस्तित्व चाहिन्छ र । अाफूमै यदि ज्ञान छैन कविता लेख्ने भने सुन्दर कापीमा बहुमूल्य पेन्सिलहरू उफ्रेर के हुन्छ र ।।४।। ए माता डरले कदापि नरुनुस् अाउन्न कालाे दिन डाँडादेखि उदाउँदैछु म यहीँ ल्याई उज्यालाे दिन । पूर्खाकाे पसिना र रक्त कहिल्यै सुक्दैन हाम्राे घर गाेर्खाली खुकुरी छ पत्थरहरू उफ्रेर के हुन्छ र ।।५।। - तानसेन न. पा.-७ काजीपाैवा, पाल्पा हाल : अमरकंटक, मध्य प्रदेश, भारत । (- शंकर ढकालको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २७, २०७६ शुक्रवार - १२:०६:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend