Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

"लाज पचाउने बेशर्मीहरु, देख्दा झनै 'अप्ठ्यारो' लाग्छ ।" - गोम बिक्रम (५ मुक्तकहरू )

"लाज पचाउने बेशर्मीहरु, देख्दा झनै 'अप्ठ्यारो' लाग्छ ।" - गोम बिक्रम (५ मुक्तकहरू )

सतीश चापागाईं

२७, आषाढ २०७६
images
  मुक्तक -१ लालपुर्जा भई पराधिन भो, आफ्नै जमीन-घरहरु कहिले छैन छिमेकीको, विश्वास र भरहरु दिनदहाडै कब्जा गर्छन्, कस्को कहाँ खल्ति भर्छन् नेपाल च्याप्दै सर्छन् किन, सिमानाका पिलरहरु ? मुक्तक - २ शान्त थियो वातावरण, न्याउली ढुकुर बासीरन्थे मेलापातमा जिस्किएर, दमाली उस्तै हाँसीरन्थे निर्मल बग्थ्यो हिउँको हावा, चोखो लाग्थ्यो गाउँको माया अचेल सबै बिरानिए, जसले पिडा नासीरन्थे । मुक्तक -३ जन्ताको दिन सधै उस्तै, दुर्दशाले घेरियाछ देशका निम्ति मरे कोही, चोला अरुकै फेरियाछ सपना तिम्रो कस्ले हेर्छ, कस्ले देशको स्वरुप फेर्छ सहिद दिवस आएपछि, तिम्रो तस्विर हेरियाछ । मुक्तक -४ देशका निम्ति लड्नेहरू, केवल चोकमा सालिक भए तिनकै नाम भजाउने, करोडौंका मालिक भए विवादहरू उठाएर, भाडाका मान्छे जुटाएर राजनीतिमा भाँजो हाली.., रहने 'सर्वकालिक' भए । मुक्तक -५ चुत्थै रहोस देश आफ्नो, हृदयभन्दा प्यारो लाग्छ स्वाभिमानमा सानै धक्का, खेप्दा मुहार अँध्यारो लाग्छ सीमानाहरु सर्दा पनि, अस्तित्व संकट पर्दा पनि लाज पचाउने बेशर्मीहरु, देख्दा झनै 'अप्ठ्यारो' लाग्छ । - गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ असार २७

images
प्रकाशित मिति :आषाढ २७, २०७६ शुक्रवार - १२:१३:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend