Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कपटले भरिएको स्थलोमा धर्मको एउटा बिउ लगेर छर्नु पऱ्यो । - लक्ष्मण पौड्याल

कपटले भरिएको स्थलोमा धर्मको एउटा बिउ लगेर छर्नु पऱ्यो । - लक्ष्मण पौड्याल

सतीश चापागाईं

२७, आषाढ २०७६
images
मुक्तक -१ अब त केही राम्रो काम गर्नु पऱ्यो सबैलाई खुसी पार्न गाउँ सर्नु पऱ्यो जाल र ! कपटले भरिएको स्थलोमा धर्मको एउटा बिउ लगेर छर्नु पऱ्यो । मुक्तक -२ शब्द अनेक छन् अनि भाषा अनेक छन् मान्छेले नै फिँजाएका पाशा अनेक छन् तीव्रताको गतिमा शिखर चुम्न खोज्नेले कल्पना गरि राखेका आशा अनेक छन् । मुक्तक -३ तिम्रा पनि कुनै न कुनै कुरा होलान् लुकाएर राख्दा मनमा साँगुरा होलान् संकोच नमानीकन भनेर बतायौ भने पक्कै पनि एकदिन सबै पूरा होलान् । मुक्तक -४ विकास गर्न अगाडी बढेका व्यक्तिलाई भविष्यमा केही बन्न पढेका व्यक्तिलाई विनम्रका साथ सम्मान गर्न सिक्नुपर्छ देशको खातिर वैरीसँग लडेका व्यक्तिलाई । मुक्तक -५ यो समाजमा बाध हाली टोक्नेहरू भएपछि दु:ख दिएर जता पनि ठोक्नेहरू भएपछि विकाश कहाँ हुन्छ र ! देशमा भने जस्तो जता पनि षडयन्त्र गरी रोक्नेहरू भएपछि । मोगाउँ शाखा म्यान्मार हाल : लोखू । (- लक्ष्मण पौड्यालका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २७, २०७६ शुक्रवार - १२:२१:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend