Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

न फूल्न सके न झुम्न सके माया यो फेल रहेछ । - आनन्द छेत्री (५ मुक्तकहरू)

न फूल्न सके न झुम्न सके माया यो फेल रहेछ । - आनन्द छेत्री (५ मुक्तकहरू)

सतीश चापागाईं

२९, आषाढ २०७६
images
  मुक्तक -१ किनार होइन म सहयात्री हुन पुगे छुटेर होइन म पथयात्री बन्न पुगे संघर्ष हो जीवन कठोर छ अघि बढ्न फुटेर होइन म जुटेर यात्री हुन सके। मुक्तक -२ बहिराको कान हुन्छ सुन्दैन कतै अन्धोको आँखा हुन्छ देख्दैन कतै हुनेको सबथोक छ देखिन्छ घेरै नहुनेको मन हुन्छ जोड़िन्दैन कतै । मुक्तक -३ हेर्दा राम्रो सबै सकली हो भन्ने होइन जोड़ेको नाता सबै असली हो भन्ने होइन सुनको भाउ अनि हिरामा कति फरक छ माया राम्रो सबै नक्कली हो भन्ने होइन। मुक्तक -४ बगैचामा फूल छ देखेर मख्ख नहुनू स्याहार सुसारको हात छ हेरेर कमाउनू सुन्दरता र महकता दुई अलग कुरा हो हेराइ र गराइमा कति फरक छ जान्नू । मुक्तक -५ न हाँस्न सकेँ न रून सकेँ माया यो खेल रहेछ नभुल्न सकेँ न पाउन सकेँ साँचो यो जेल रहेछ न जात न धर्म माथीको यो प्रेम अमर छ कसरी भन्नु न फूल्न सके न झुम्न सके माया यो फेल रहेछ ।   - चिसोपानी, सिंगताम सिक्किम । (- आनन्द छेत्रीका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २९, २०७६ आइतवार - १०:५३:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend