Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

माइतीमा आइ दु:ख बिसाउँदै आमासँग रुनुपर्छ - सुशिला पौडेल (५ मुक्तकहरू)

माइतीमा आइ दु:ख बिसाउँदै आमासँग रुनुपर्छ - सुशिला पौडेल (५ मुक्तकहरू)

सतीश चापागाईं

३१, आषाढ २०७६
images
    मुक्तक -१ सुन्दर सपना आमाको लागि सजाउन चाहन्छु जतिसुकै दु:ख,-कष्ट परोस् सघाउन चाहन्छु आफ्नो थर जस्तो प्यारो पराई घर नभए पनि बाँचुन्जेल हजुरहरूसँगै घरमा रमाउन चाहन्छु । मुक्तक -२ पानी दर्कँदा ओत लाग्ने एउटा घर छैन त्यसैले मलाई अब बाँच्ने कुनै रहर छैन मरुँ भने पनि गिज्याउला स्वार्थी समाजले, लैजान काल कहिले आउला खबर छैन । मुक्तक -३ हिजोकी छोरी भोली पराइघरकी बुहारी हुनुपर्छ पराइघरमा गए पछि सासुको पाउ छुनुपर्छ समाजमा छोरी र बुहारीप्रति गर्ने फरक व्यवहारले, माइतीमा आइ दु:ख बिसाउँदै आमासँग रुनुपर्छ । मुक्तक -४ शिक्षा र स्वास्थ्यमा ज्ञान छर्नु छ मलाई अरूको दुःख पीडा सबै हर्नु छ मलाई दुई दिन बाँचुन्जेल किन झै-झगडा गर्नु छ र भोकै सडकमा बस्नेको पेट भर्नु छ मलाई । मुक्तक -५ आएकी छु परदेश घरमा खुशी ल्याउँछु भनी घरको चुहिने छानो जसरी पनि छाउँछु भनी स्वदेशमा रोजगारी नपाउँदा खाडीतिर आएँ, रात-दिन श्रम बेची धेरै पैसा कमाउँछु भनी अर्घाखाँची हाल : ललितपुर । (- सुशिला पौडेलक यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

Leave a Reply

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १०:२७:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend