Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एउटा रोटी खाउँला आधी-आधी, आउँछु फर्केर अब, चालीस कटाउँदिन प्रिया - कृष्ण पाण्डेय

एउटा रोटी खाउँला आधी-आधी, आउँछु फर्केर अब, चालीस कटाउँदिन प्रिया - कृष्ण पाण्डेय

सतीश चापागाईं

३१, आषाढ २०७६
images
  मुक्तक -१   तिमी बाहेक  दिलमा अर्को , अटाउँदिन प्रिया खोजी अरु कोही अँगालोमा, सटाउँदिन प्रिया खुसी मनले एउटा रोटी खाउँला आधी-आधी, आउँछु फर्केर अब , चालीस कटाउँदिन प्रिया । मुक्तक -२ कुभिण्डालाई खुट्टा लाउँदैमा, हिँड्न सक्दैन जति नै धार होस् कर्दले रुख, गिँड्न सक्दैन भ्रष्टसित  मिलेको, इमानमा  चुकेको मान्छे सत्यको  पक्षमा असत्यसँग, भिड्न सक्दैन ।   मुक्तक -३   दु:खीलाई दु:खै-दु:खमा, मर्न दिन्छ समाजले अविरल आँसुका धारा, झर्न दिन्छ समाजले धन सम्पत्ति कमाएमा, अलि टन्न जमाएमा अलि अलि पाप देख्दैन, गर्न दिन्छ समाजले ।   मुक्तक -४   जिम्माले साहुको तिर्नुपर्ने, जुटेपछि आउँछु डोरीले बाँधेको तमसुक, छुटेपछि आउँछु कम्मर कसेरै लागी प्रयाछु बोक्नलाई बोरा, दुई चार ठेला ती हातका, फुटेपछि आउँछु ।।   मुक्तक -५   जातीयताको आगो जोर्न, पाउनुपर्छ नत्र गणतन्त्र के काम ? दाजुभाइको नाता फोर्न, पाउनुपर्छ नत्र गणतन्त्र के काम ? फलानो संघ,ढिस्कानो महासंघ खोलेको त्यसै हो नठानौँ , आ-आफ्ना ठाउँबाट, चोर्न पाउनुपर्छ नत्र गणतन्त्र के काम ?   तिलोत्तमा - ९, मणिग्राम, रुपन्देही । हाल : यु.ए.ई. (-कृष्ण पाण्डेयका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १०:३१:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend