Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -शर्मिला श्रेष्ठ

गजल -शर्मिला श्रेष्ठ

सतीश चापागाईं

३१, आषाढ २०७६
images
मलाई त्यागी अर्कीलाई मन पराउने रहेछौ किन ढिला घर पुग्छौ ? त्यतै पो हराउने रहेछौ । तिम्रो मन अन्तै लोभिएको रहेछ थाहा थिएन स-साना गल्तीमा त्यही भएर कराउने रहेछौ। पर्खी बस्छु तिमीलाई अबेरसम्म नै बाटो कुरी मायाले फेरी फकाउला भनी डराउने रहेछौ । तिमीलाई खुशी पार्न नै कति कोशिस गरेँ मैले ती खुशी अन्तै दिँदै व्यथा यता सराउने रहेछौ । आर्थिक अवस्था कमजोर भई तनावमा छौ ठान्थे म अन्यौलमा रहेछु, धन उता झराउने रहेछौ । मेहनत, संघर्षले बनाएको दाबिलो थियो डुब्नै लागे म ! तर उसको डुङ्गा तराउने रहेछौ । – ललितपुर, भैंसेपाटी हाल : परदेश । (- शर्मिला श्रेष्ठको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १०:३६:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend