Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

हे देवी अाफै जाग (कविता) -शंकर ढकाल

हे देवी अाफै जाग (कविता) -शंकर ढकाल

सतीश चापागाईं

३१, आषाढ २०७६
images
  (छन्द : शार्दूलविक्रीडित) बाँचेकाे छ महत्त्व के अब रुँदै सस्तो भए अस्मिता पाऊँ न्याय भनी अदालत गए छन् दुष्ट सासू पिता । लक्ष्मी भै धनधान्यले किन अझैँ खान्छिन् शिलाकाे सिता पुग्छिन् काल नअाउँदै विवश भै दन्की रहेकाे चिता ।।१।। सानामै विधवा बलात्कृत हुँदा अामा रुँदैछिन् पर फुल्ला फूल कहाँ सुसार नगरी छाेरी बिनाकाे घर । बाेक्सी हुन्छ हुँदैन अाज पनि खै दाेधारमा पार्छ र पुत्री-पुत्र समान हुन् फरक के शास्त्रादि लेख्ने गर ।।२।। खाेले लाेचन शम्भुले तिनवटै के चिन्न सक्छन् सती नारीकाे उपकार गर्न नसके बेकारकाे हाे मति । भाग्ला रात भनी उदाइ सविता पर्खेर बस्छाै कति काया नै अरुकाे निजी धन हुने राम्रो भयाे संस्कृति ।।३।। कायामा छ अपार रक्त धमनी छन् साहसी पाखुरा गाेली छन् त विचारका पछि हटे के हुन्छ हाेला कुरा । तारा दूर रहून् तथापि दिउँसाे सल्यान या बाजुरा ताछी फाल यहाँ कुभाव जति छन् बाेकी सियाे वा छुरा ।।४।। अाँखा खाेल छिटो कुपुत्र जनका यी नाक काटी दिन मूर्दा मूर्ति भई बसी दु:ख सही अन्याय भाेग्छाै किन । ए देवी अधिकारमा पर हटी सप्रिन्छ के जीवन अाफै जाग ढिला विलम्ब नगरी संसारमा सुध्रिन ।।५।। - तानसेन न. पा. -७ काजीपाैवा, पाल्पा । हाल : भारत, गुजरात । (शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १०:४८:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend