Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रतिबिम्वित बिम्बहरू - अमर त्यागी (५ मुक्तक)

प्रतिबिम्वित बिम्बहरू - अमर त्यागी (५ मुक्तक)

सतीश चापागाईं

३१, आषाढ २०७६
images
मुक्तक -१ हाम्रै पौरखमा चुलिन्छ सहजै सम्बृध्दिका टाँकुरा हाम्रो पौरुषमै पलाउँछ यहाँ आदर्शका आँकुरा मान्छेमा समभावपूर्ण ममता सद्भावना छाउँदा श्रध्दाले ढकमक्क फुल्छ मनमा सम्मानका साँकुरा मुक्तक -२ आफ्नै उन्नति मात्र सोंच्नु जगमा कर्मण्यता हैन है ! मान्छेको पहिचान भन्नु धननै सम्पूर्णता हैन है !! सच्चा प्रेम र त्यागमा जिउनुको आनन्द अर्कै छ त्यो, झुट्टा शान र सैरनै सुख तथा सम्पन्नता हैन है !! मुक्तक -३ जल्छन् मानिस नित्य आहरिसले सन्देहले क्रोधले हट्छन् आपसका विक्षोभ मनका आत्मीयताबोधले के हुन् हर्ष विषाद दु:ख-सुखका सम्भाव्य ती कारण खुल्छन् तथ्य अनेक अन्तर कथा यो ज्यूनुको शोधले । मुक्तक -४ नौला चिन्तनका सदृश्य रूप हुन् नौला कला कौशल नौला नौरस सिर्जना लगनमै बन्छन् सदा अब्बल सच्चा सार्थक सौर्य शीप श्रममै संलिन्छ यो जिन्दगी मान्छेका पसिना हुँदैन कहिल्यै संसारमा निष्फल मुक्तक -५ बैँसैमा सबको स्वरूप कसिला हु्न्छन् सदा सुन्दर वैली झर्नु अगाडि फूल हँसिला हुन्छन् सदा सुन्दर आत्माको क्षुद्रता हटाउन सके कालो र मैलोपना मैत्री प्रेम ममत्व भाव रसिला हुन्छन् सदा सुन्दर। गजल गुँड कलैया, बारा हाल : बेटोनडोर्फ, आइवा, अमेरिका । (अमर त्यागीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - ११:२२:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend