३१, आषाढ २०७६
झरी जस्तै आँसु बनी , बर्सी रहेको छु ।
जहाँ छाड्यौ दोबाटो मा,पर्खी रहेको छु ।।
मुटु घायल् भएकै छ , दुख्छ कता कता ।
चिरा चिरा टुक्रा टुक्रा , चर्की रहेको छु ।।
अन्त्य आखिर सबैको , ब्रह्मनाल बुझी ।
आफ्नो चिता अहिले नै, चर्ची रहेको छु ।।
बादल आफै ठोकिन्छन्, चम्कन्छ बिजुली ।
आफैभित्र मिल्किएर , गर्जी रहेको छु ।।
- गाउँशहर, लमजुङ्ग ।
(सुधीर कुमार सुमनको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार -
१४:१४:१८ बजे