Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बद्री उप्रेतीका केही चो‍टिला ताङ्काहरू ✍️ बद्री उप्रेती

बद्री उप्रेतीका केही चो‍टिला ताङ्काहरू ✍️ बद्री उप्रेती

सतीश चापागाईं

३१, आषाढ २०७६
images
  १, कलिलो ओँठ मौलाउँदो जवानी चट्ट कम्मर नयनभरी प्यार हराएँ बेहोशीमा...। २, मुटुको माझ मेरो यादको दाग सहँदा दर्द पीरमा सधैं तिमी म लाचार भै ढलें....। ३, समाजको डर दबाइएको मन कस्न सकिन अङ्गालोमा सजाइ मनको बह पोख्न ...। ४, तिम्रो नजर छुराको जस्तो धार घायल मुटु तड्पिएको यौवन सन्हाल्नै सकिएन...। ५, मनमा कालो मुस्कानमा दुश्मनी धारिलो बोली तप्केको पानी जस्तो कलुषित भावना...। ६, सधैंको पीडा बोलिको बेठेगान मुर्छित् देह खट्किएको आभास प्रेम प्याला पिउन ...। ७, भुल्नै सकिन अमृत सरी भयो तिम्रो आँसु त जीवनको यात्रामा मुटुमा गाडिरह्यो...। ८, दु:खीको दिन जिस्काउने रहर बर्खाको झरी कुहिएको पराल चुहिएको बलेसी...। - नयाँबजार - १६ काठमाण्डौ । (बद्री उप्रेतीका यी ताङ्काहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १४:२०:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend