Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आफ्नै प्रेमीकाले अरूको अगाडि दाई भनेपछि -भाष्कर रावल " प्रेमी " (५ मुक्तकहरू)

आफ्नै प्रेमीकाले अरूको अगाडि दाई भनेपछि -भाष्कर रावल " प्रेमी " (५ मुक्तकहरू)

सतीश चापागाईं

३१, आषाढ २०७६
images
  मुक्तक -१ हाँसीखुसी माया बस्यो छुट्नु पर्दा रुनु पर्‍यो सम्झिएर दिन-रात आँसुले परेली धनु पर्‍यो अरूले चाहेर होला मभन्दा सम्पन्न पाएर होला साँचो माया गर्दा पनि छुटिएर टाढा हुनु पर्‍यो । मुक्तक -२ माया लाएपछि कहिल्यै पनि रुन नपरोस् तड्पी-तड्पी आँसुले नै मुख धुन नपरोस् धनी-गरिब,जातीय भेदभावको आधारमा, माया गर्ने जोडी छुटिएर टाढा हुन नपरोस् । मुक्तक -३ मेरो हाँसो तिमीलाई दिउँला रुन पर्ने छैन भन्थ्यौ भन्नलाई पछुताएर आँसुले नै परेली धुन पर्ने छैन भन्थ्यौ भन्नलाई आखिर फसायौ तिम्रो बिश्वास गर्दा- गर्दै भर पर्दा-पदै पनि मलाई छाड्यो छुट्टीएर टाढा हुन पर्ने छैन भन्थ्यौ भन्नलाई । मुक्तक -४ माया गर्दा-गर्दै पनि धोखेबाज मलाई भनेपछि अब के नै बाकी रह्यो र तिमीले पराई भनेपछि सँगै बाँच्ने सँगै मर्ने सपना सजाउन मात्रै भयो आफ्नै प्रेमीकाले अरुको अगाडि दाई भनेपछि । मुक्तक -५ तन मन जीवन दिँदा खै किन ?माया भाग्दो रहेछ निष्ठूरी बिर्सिए पनि नजिक हुने रहर जाग्दो रहेछ निर्मोहीलाई भुलेर नयाँ जीवन जिउँछु भने पनि जति टाढा हुन् खोज्यो उति नै माया लाग्दो रहेछ । पाणिनी गा.पा -२ अर्घाखाँची (भाष्कर रावल " प्रेमी "का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १४:२३:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend