Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

म सडक (कविता) -निरूविन्दु

म सडक (कविता) -निरूविन्दु

सतीश चापागाईं

३१, आषाढ २०७६
images
  गिटी - बालुवा रगटिएर चोटै - चोट् भएको छ मेरो अनुहार घाऊका पाप्राहरू उप्किएर कोथ्रा - कोथ्रा परेको छ मेरो शरीर दिनहूँ गुड्छन् हजारौं गाडीहरू ठूला - ठूला ट्रकहरू उफ्रिन्छन् मेरो काँधमा अलाकत्रका छालाहरू पिल्सिएर करङ्गहरू देखिने भएको छु सोलिङ्गको दाँतहरू झरेर छेऊ - कुनाको नसुहाउँदो थोते देखिन्छु वर्षायममा कुलो पस्छ र बगरको मानचित्र कोर्छ मेरो छात्तीमा खोई त बोल्यो मान्छे ??? न त बोल्यो बुद्धिजीविहरू....... न त बोल्यो सरकार............... धिक्कार ! जर्जरपूर्ण बन्दै गएको छु सर्वश्व गुमाई सकेको छु मैले कता हरायो मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित....??? म निर्जीव सडक नै बोल्नु पर्ने हक र अधिकार मैले नै खोज्नु पर्ने हैट कस्तो बिडम्बना ? जब म बोल्न बाध्य हुनेछु थाह छ के हुन्छ ? सडकहरू सडकमा उत्रिन्छ र नाकाबन्दी शुरू हुन्छ ज्वालामुखी सिर्जना भएर डँडेलोहरू सल्किन्छ । जब म बोल्न बाध्य हुनेछु थाह छ तिमीलाई ? वाहन बेचेर घोंडा किन्न पर्ने अवस्थाहरू दृष्टिगत हुन्छ नाटकको पर्दाहरू उठेर सत्ताहरू परिवर्तन हुन्छ ।। - जलढक्का, कालिम्पोङ्ग, भारत । (निरूविन्दुको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १४:२६:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend