Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गुरु (कविता) - टंक पन्थ

गुरु (कविता) - टंक पन्थ

सतीश चापागाईं

३, श्रावण २०७६
images
  जिन्दगी बन्छ मान्छेकाे गुरुका यत्नले यहाँ अाफू जलेर सुम्पिन्छन् ज्ञानका अाँकुरा नयाँ गुरुकाे गरिमालाई नाप्न सक्ने कुनै छ र ? गुरुकाे वन्दनाभन्दा अर्को मन्त्र कुनै छ र ? गुरुकाे कर्म संसार ज्ञानचक्षु देखाउँछन् सभ्यता, शिष्टता भित्र नम्र मान्छे बनाउँछन् गुरु अालाेक हुन् गाढा अन्धकार हटाउँछन् गुरु सागर हुन् अाफै माेती खाेज्न लगाउँछन् स्वार्थको लेस क्यै छैन सुकिला कर्म ज्ञानका सधैं सत्मार्गमा लाग्ने ऊर्जा मिल्छन् इमानका गुरुका चेतले उठ्छन् सभ्यताका धराेहर गुरुका भावमा खुल्छन् ज्ञानरश्मि मनाेहर गुरु हुन् ममता खानी ममतापूर्ण सागर गुरुकै लयमा खुल्छन् सबै संस्कार अादर वाणीका रूपमा खुल्छन् मान सम्मानका स्वर गुरु साक्षात परंब्रह्मा गुरुकाे मान ईश्वर ।। - तानसेन, पाल्पा । (टंक पन्थको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - ०६:३६:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend