Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विडम्बना (लघुकथा) -लता केसी

विडम्बना (लघुकथा) -लता केसी

सतीश चापागाईं

३, श्रावण २०७६
images
  समाजमा उनको निकै इज्जत र सम्मान थियो । पेशाले उनी शिक्षक ! घरपरिवार सम्पन्न , शिष्ट र सभ्य थियो । अनुशासन र चरित्र निर्माणका पाठहरू उनी समाजका सबैलाई बुझाउँथे । अाफ्ना शिष्यहरूलाई पेशाले जे बने पनि असल मानिस बन्नु पर्छ है भनेर प्रेरित गर्थे । दुईवटी छोरीका बाबू उनी ! छोरीलाई सम्पति दिनुभन्दा शिक्षाले अात्मनिर्भर बनाउनु पर्छ भन्ने विचारले जेठीलाई चिकित्सक र कान्छीलाई विमान चालक बनाउने प्रयास गरेका थिए । योग्य बाबुकी योग्य छोरी थिई, कान्छी ! अानी- बानी शील- स्वभाव सबै खासा थियो । सर्वगुण सम्पन्न ! जीवनको सुख भोग्दै थिए उनी । "जेठी छोरी घर अाइन ?"- रातको १ बजे चिन्तित स्वरमा अाफ्नी धर्मपत्निलाई सोधे उनले । "आएकी छैन । एउटा बिरामी सिरियस छ रे ; ढिला हुन्छ भन्थी ।" "सधैँ कामको बहाना देखाएर रात बाहिर बस्ने चाला निको देख्दिन है म त !" "बढेकी छोरी त्यो नि अाफैँ बुझ्ने भैसकेकी ! हामीभन्दा जान्ने ! के भन्नु खै !" "सन्तान जति पढे नि जति बढे नि अभिभावकका अघि साना नै हुन् नि ! राम्ररी बुझ्नू , के हो ? कतै कुलतमा त छैन नि !"- शङ्काको स्वरमा बोले । टि.......नि......नि.......! मोबाइलको घन्टीले बिउँझायो । "हेलो ! अादरणीय गुरू ! डा. रुपा, तपाइकी छोरीलाई ड्रग्स् सेवनको अभियोगमा प्रहरीले समातेको छ, छिट्टै उपस्थित हुनु होला ।" उनी खङ्ग्रङ्ग सुके । तालु चिटचिट भयो। रन्थनिए । "समय र नियतिले किन ठग्यो मलाई ?" जीवनभरिको पीडा बोल्यो उनको - `` शायद, बत्तीमुनिको अध्याँरो हो ।´´ - तिनकुने ; काठमाण्डौँ। ( लता केसीको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - ०६:४८:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend