Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गुरु (कविता)- छन्द : अनुष्टुप छन्द -गोपालप्रसाद भण्डारी

गुरु (कविता)- छन्द : अनुष्टुप छन्द -गोपालप्रसाद भण्डारी

सतीश चापागाईं

३, श्रावण २०७६
images
  गुरु हुन् ज्ञानभण्डार पितामाता महेश्वर । गुरु अखण्ड आभा हुन् सखा बन्धु सुरेश्वर ।।१।। हर्ताकर्ता जगद्भर्ता गुरु हुन् भावभास्कर । विष्णु ब्रह्मा कृपामूर्ति गुरु हुन् प्रेमपुष्कर ।।२।। गुरुजी सर्वज्ञाता हुन् प्रज्ञाप्रेमी धुरन्धर । गुरुको प्रतिभाबाट पूज्य हुन्छ चराचर ।।३।। प्रतिष्ठा गुरूको राखी गरौं मान सधैंभर । छात्राछात्र सबै हामी गुरु जप्छौं जगत्भर ।।४।। गुरुको प्रार्थना गर्न गरौं सदैव जाँगर । गुरुकै प्रेरणावाट तर्छौं सन्सारसागर ।।५।। गुरु सद्धर्मदाता हुन् शान्तिका सौम्य मन्दिर । गुरजी कामना गर्छन् ब्रह्माण्ड पार्न सुन्दर ।।६।। उपदेश सुनौं हामी गुरुका उच्च उर्वर । गुरूका कविता लेखौं साधनाले निरन्तर।।७।। गुरुको गुण गाएर गीत लेखौं शुभङ्कर । गुरुको सम्झना गर्दै मति पारौं मनोहर ।।८।। गुरुको पूज्यताबाट मन बन्दछ उज्जर । गुरूजी गर्दछन् कर्म लोककल्याणखातिर ।।९।। गुरुको पूर्णिमा मान्छौ आषाढशुक्ल पूर्णिमा । गुरुको वन्दना गर्छौं शुद्ध प्रणम्य भावमा ।।१०।। गुरूपूजनले पाऔं उम्दा पुष्पित चेतना । रीतागोपाल अर्पन्छौं सबैमा शुभकामना ।।११।। - श्रीवल्लीधाम, बत्तीसपुतली, काठमाण्डू , नेपाल हाल: प्रतिष्ठानिकेतन, नटिङ्हाम् पथ, सिडर्हिल्, टेक्सास् , संयुक्तराज्य अमेरिका । (गोपालप्रसाद भण्डारीको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - ०७:०७:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend