Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गोर्खे साइँलोका केही उत्कृष्ठ मुक्तकहरू (छन्द : भुजङ्गप्रयात)

गोर्खे साइँलोका केही उत्कृष्ठ मुक्तकहरू (छन्द : भुजङ्गप्रयात)

सतीश चापागाईं

३, श्रावण २०७६
images
  मुक्तक -१ छ आत्मा समानै कसैको नभन्ने दुवै हात आफ्नै खुदैको नबन्ने । लुकेको कुराले निरासा बनायो छ आफ्नै तमासा कसैले नगन्ने ।। मुक्तक -२ न माटो न पानी निभेको जवानी न उस्को न आफ्नो नबन्दा दिवानी । अझै स्वार्थ होला उसैमा लुकेको उज्यालो नपाई अँधेरी बिहानी ।। मुक्तक -३ कहाँ प्रेम हुन्थ्यो झरेको उमेर बितेको जवानी नभेट्ने घुमेर । भयो धेर अग्लो म चढ्नै नसक्ने म आफैँ रमाएँ निराशा चुमेर ।। मुक्तक -४ बिनाकाम साथी अझै कुर्लिएको त्यसैलै विरोधी सबै उर्लिएको । हुने हैन केही अँधेरो छ सरा बिना अर्थ व्यर्थै कता सुर्किएको ? मुक्तक -५ कहीँ छैन तिम्ले अझै बोल्न पर्ने छिमेकी सबै पाउ नै मोल्न पर्ने । रिझायौ तिमीले लतारेर धर्म अझै के छ प्यारा उतै खोल्न पर्ने ?? मुक्तक -६ सजाएर पानी, लजाएर नानी लुकेको गरे झै मिरा खोज्न जानी कता हो भनेको नसुन्दा मनैमा अझै मित्र टाढा भएको नमानी । मुक्तक -७ पियारो छ माया भ्ररी जिन्दगानी बचेका दुवै छौँ खुबै प्रेम जानी । खपी घाम पानी रमाएर आयौँ अडेका त्यसैमा खटाई जवानी ।। मुक्तक -८ रंगाएर पानी भिजाएर माटो चलेको गुजारा सुधारेर बाटो । बितेको जमाना कहाँ खोज्नु मैले बढी भोक साह्रै भयो पेट तातो ।। - गजल कटेरी, विशालमार्ग, नारायणगढ, चितवन,नेपाल (गोर्खे साइँलोका मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - ०७:१९:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend